प्रचण्ड बाबुरामबीच भाले भिडन्त

२०७१ भाद्र १४ गते, शनिबार


काठमाडौँ । एकीकृत नेकपा माओवादी पार्टीभत्रको विवाद समाधानको उपाय खोज्दैमा हैरान भएको छ । शिर्षनेतालाई पार्टी झगडा मिलाउने बिन्दु खोज्दै ठिक्क छ भने पार्टीार्यकर्ता नेताको झगडा हेदाहेर्दै दिक्क भएका छन् । कहिले परोक्ष त कहिले प्रत्यक्ष रूपमा देखिने एमाओवादीभित्रको विवाद अहिले फेरी छताछुल्ल भएको छ । भट्टर्राई पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटि गठन जोडतोडले गर्ने अभियान नै चलाएको छ । यहि बिबादका कारण एकीकृत नेकपा माओवादी फेरि फुटको संघारमा पुगेको विष्लेषण हुन थालेको छ । एमाओवादी तत्काल विभाजन नभएपनि एकले अर्कालाई गर्न निषेध, आशंका, अविश्वास र विवादपछि सतहमा देखिने विभिन्न क्रियाकलापले उक्त पार्टीुनै पनि गतिशील र रचनात्मक काम गर्ननसक्ने अवस्थामा पुगेको छ । नेता डा. बाबुराम भट्टर्राईले हाल अध्यक्ष प्रचण्डसँग जति विवाद देखाएपनि त्यो घुर्की मात्रै भएको र भट्टर्राईमा पार्टीुटाउने आँट र नियत दुबै नभएको बताइएपनि केहीले भने भट्टर्राईले चलाएको ‘नयाँ शक्ति’को बहस पार्टीीवभाजनको आधार भएको बताउने गरेका छन् ।
भट्टर्राई पक्षका नेताहरु अब प्रचण्ड काध थापेर अगाडि बढ्न सम्भव नभएकाले नै ‘नयाँ शक्ति’ बनाउनुपरेको बताउने गरेका छन् । भट्टर्राईले केही समय अघि बुटवलमा र्सार्बजनिक गरेकै भनाई अनुसार भएसम्म अहिलेकै पार्टी -एमाओवादी) लाई नै नयाँ शक्ति बनाइनेछ, त्यो सम्भव नभए जनताले नै नयाँ शक्ति बनाउनेछन् । पहिलो संविधानसभाको निर्वाचनमा पहिलो बनेको पार्टीीसंविधानसभाको दोस्रो निर्वाचनमा तेस्रो बनेपछि हारको कारण र समिक्षामा पनि एमाओवादीका नेताहरु जिम्मेवार नभएको कार्यकर्ताको भनाई छ । त्यसको समिक्षा र सुधार्न अनि संसदमा सशक्त प्रतिपक्षमा बस्दै जनताका मुद्दा उठाउनुपर्नेमा अहिले आफैँमा रुमलिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । महाधिबेशन, सम्मेलन तथा बैठकहरुमा विचार, दर्शन र राजनीतिक आदर्शबारे छलफल र बहस नहुने तर तत्कालिन काम एकअर्काप्रति आरोप प्रत्यारोप मात्रै गर्ने प्रबृत्ति हुर्किएको छ । पार्टीीत्रका विवादहरु समाधान गर्न र बैचारिक अभावहरु पुरा गर्न दुइ छुट्टाछुट्टै कमिटिहरु पनि बनेका छन् । तर पछिल्लो पटक बसेका एमाओवादीका बैठकहरु आन्तरिक विवाद मिलाउनमा बढि केन्द्रित भएपनि असफल छन् । केही समय अघि भट्टर्राई पक्षका दुइ नेताहरुलाई आन्तरिक कारवाही भयो र त्यो कारवाहीबारे दुइ पक्षको बैठक पनि बस्यो । काठमाडौं जिल्लामा समानान्तर कमिटि बन्यो । त्यसको समाधानका लागि भन्दै पदाधिकारीको बैठक बोलाइयो । दुइ पक्षबीच पार्टीीकताबद्ध बनाएर लैजाने सहमति भएपनि सहमति पालना नगरेको भन्दै समानान्तर समिति गठन गरिएका छन् । दुइ पक्षले एकले अर्कालाई सहमति तोडेको आरोप लगाउने गरेका छन् र समाधानको उपाय खोज्ने प्रयास पनि भइरहेको भन्ने गरेका छन् । तर अहिलेको एमाओवादी भित्रको छलफलले न आन्तरिक समस्याको दीघकालिन समाधान दिन सक्ने न त पार्टी नयाँ तरिकाले अघि बढाउन सक्ने अवस्थामा पुगेको छ ।
यसैबीच, एकीकृत नेकपा माओवादीभित्र देखापरेको आन्तरिक बिबाद समाधानतिर जान नसकेपछि बर्तमान केन्द्रिय समिति बिघटन गरी विशेष महाधिवेशन आयोजक समिति बनाइने भएको छ । पार्टीीुख्यालय पेरिसडाँडामा हालै बसेको पोलिटब्युरो तहसम्मका नेताहरुको अनौपचारिक बैठकमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहित केन्द्रिय समिति विघटन गरी बर्षदनभित्रै बिशेष महाधिवेसन गर्नका लागि आयोजक समिति बनाउने तयारी सुरु गरेको हो । प्रवक्ता दीननाथ शर्माले बिशेष महाधिवेशन गर्न पुव निर्ण्र्ाअनुसार बर्षदनभित्रै सो महाधिवेशन गर्ने बारेमा अनौपचारिक बैठकमा भद्र सहमति भएको बताए । असोज १ गते देखि सुरु हुने केन्द्रिय समिति बैठकले बिशेष महाधिवेशनको घोषणा गर्नसक्नेछ प्रवक्ता शर्माले भने, त्यसका लागि सोही बैठकले नै केन्द्रिय समिति भंग गरी आयोजक समिति बनाउन सक्नेछ । त्यसको औपचारिक निर्ण्राानभए पनि त्यसतर्फपार्टी गएको प्रवक्ता शर्माले बताए ।
बिराटनगर सम्मेलनबाट औपचारिक रुपमा नै सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टर्राई पक्षवीचको बिबाद हल हुनुको सट्टा थप चर्किदै गएपछि एमाओवादीले त्यसलाई हल गर्न पोलिटब्युरो तहसम्मका नेतालाई अनौपचारिक छलफलका लागि मुख्यालय बोलाएको थियो । बिराटनगर सम्मेलनमा नै भट्टर्राईसहित अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बिशेष महाधिवेसनमार्फ् पार्टीीत्रको बैचारिक र सांगठनिक समस्या हल गर्ने माग गर्दै आएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु