प्रचण्ड -बाबुरामको जनताले कठालो समाउने समय आयो – समर्पण भट्टराई

२०७५ असार ३ गते, आईतवार

जनयुद्धलाई अलपत्र पारेर जनयुद्धको हिसाब किताब नबुझाइ भाग्न र पोइला जान पाइन्छ ? यस्को हिसाब किताब प्रचण्ड बाबुराम ले जनतालाइ बुझाउनुपर्छ । क्रान्ति जनयुद्धलाई वेवारिसे बनाएर प्रचण्ड बाबुराम लाई मनपरि गर्ने अधिकार कस्ले दियो ? के जनयुद्ध मजाक थियो ? उनीहरुको लागि किन कोहि बोल्दैन : सहिद परिवार , बेपत्ता योद्धा र उनीहरुको परिवार, घाइते योद्धा जनयुद्धमा सहभागी योद्धाको बारेमा किन मौन छन ? के यसरी चुपचाप भाग्न पाइन्छ ? भनेर कसैले सोचेका छन भने यी सहिद परिवार बेपत्ता परिवार र घाइते योद्धा पीडित जनताले पुन अधिकार प्राप्तिको निम्ति अर्को विद्रोह सुरु गर्नु पर्ने तसर्थ निम्न लिखित कुरामा सम्बन्धि पक्ष ले तत्काल जवाफ दिनुपर्छ :
१, जनयुद्धका सहिद परिवार को राहत उपलब्ध तथा उचित व्यवस्थापन कस्ले गर्ने ?
२,जनयुद्धमा बेपत्ता बानाइएका को खोजी साथै उनीहरुको परिवार व्यवस्थापन कस्ले गर्ने ?
३, जनयुद्धमा भीषण लडाइ लडदा लडदै घाइते हुनुहुने साथीहरू को उपचार र उहाहरुको व्यवस्थापन कस्ले गर्ने ?
४ जनयुद्ध लडेका साथीहरुको अहिले घर परिवार वेहाल अवस्थामा छ यस्को जिम्मा र उचित व्यवस्थापन कस्ले गर्ने ?
५, जनयुद्ध को बेला बुर्जुवा शिक्षा चाहिदैन भनेर बन्दुक बोकेका साथीहरू को भविस्य को जिम्मा कस्ले लिने ?
६, जनयुद्धमा राज्य बाट चरम यातना पाएर सामान्य जीवन यापन गर्न नसक्ने जनताको जिम्मा कस्ले लिने ?
७, आज आएर पार्टी विसर्जन नै गराउनु थियो भने १७ हजार को बलिदान हजारौं घाइते हजारौं बेपत्ता अरबौ धन जन को क्षेती किन गरेको यस्को जवाफ कस्ले दिने ?
हामीले हेरेयौ. पर्खियौ पनि आजसम्म तर जनयुद्धका सहिद परिवार बेपत्ता परिवार घाइते योद्धा र जनयुद्धमा गास काटेर खाना खुवाउने ज्यानको बाजि थापेर बचाउने जनता सम्पुर्णमाथी धोका भयो । सहिदको बलिदान, बेपत्ताको सपना , घाइतेको रगत, पिडा ,जनताको रगत, पसिनालाई मोज मस्ती गर्ने छुट कसैलाई छैन । जनयुद्ध मोज मस्ती थिएन । कठिन र निर्मम वर्गसंघर्ष थियो । अब यस्को हिसाब् किताब माग्न सहिद परिवार बेपत्ता परिवार घाइते योद्धा जनयुद्ध लडने योद्धा र जनयुद्धमा सम्पुर्ण हिसाबले सहयोग गर्ने सम्पुर्ण जनता एक ढिक्का भएर हिसाब किताब लिन तयार हुनुपर्छ र यिनिहरुको कठालो समाएर एक एक हिसाब किताब लिएर छोडनु पर्छ् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु