‘प्रचण्ड’ निमित्त प्रधानमन्त्रीमात्र, शासन कांग्रेसको : पौडेल

२०७३ श्रावण ११ गते, मंगलवार

काठमाडौं, ११ साउन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा अब नयाँ सरकार बन्ने भएपछि त्यसको ‘कमान्ड’ नेपाली कांग्रेसको हातमा रहने दाबी गरेका छन् । इमेज च्यानलको कार्यक्रम ‘इमेज संवाद’मा कुरा गर्दै पौडेलले ‘खासमा सरकार कांग्रेसले नै चलाउने हो’–भने । दाहालको नेतृत्वमा गठन हुने सरकारको आयु ९ महिनामात्र भएको र त्यसपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भन्दै पौडेलले अब बन्ने सरकारलाई ओली सरकारलेभन्दा राम्रो गर्नुपर्ने चुनौती रहेको बताए ।
उनले सरकार परिवर्तनकाक्रममा भएको पछिल्लो घटनाले तत्काल मुलुकको राजनीतिमा अस्थिरता समाप्त नहुने धारणा राखे । २०७४ माघ ७ भित्र तीनओटै निकायको निर्वाचन नभएमा मुलुकको व्यवस्था नै गम्भीर संकटमा पर्नसक्ने उनको भनाइ थियो । पौडेलसँग गरिएको विशेष अन्तर्वार्ता मंगलबार (आज) बेलुकी ८ः३० बजे र बुधबार (भोलि) बिहान ८ः०० बजे हेर्न सकिनेछ । – इमेज खबरवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु