प्रचण्डलाई सदरखाेर डिल्लीबजारबाट खुलापत्र – म थुनिनु भनेकाे तपाई थुनिए जस्ताे हैन र अध्यक्ष ज्यु ?

२०७४ पुष ८ गते, शनिबार

श्रद्देय अध्यक्ष ज्यु ,
अभिवादन !!
तपाई अहिले अाफ्नेा जन्मभुमि चितवन मा प्राप्त भएकाे जितकाे खुसि एकातिर र एकमात्र पुत्र प्रकाशकाे बियाेगकाे पिडा अार्के तिर । यि चिजलाई फ्युजन गरेर दृढताका साथ अघि बढन सक्नु तपाई भित्रकाे छुट्टै बिशेषता हाे ।
क , प्रकाशकाे निधनमा मैले भाैतिक उपस्थितिमा श्रद्दानञ्जली ब्यक्त गर्न त पाईननै तर यस जेलकाे चार दिवार भित्र बसेर मनमनै श्रद्दासुमन अर्पन गरे र मनलाई स्तब्ध बनायाे । म गिरफ्तारी परेकाे करिब डेढ महिना नाघिसक्याे ।गिरफ्तारी लगत्तै क, गाेपाल किराती ( साईला ) भेटन अाउनु भयाे र सहानुभुति ब्यक्त गर्नु भयाे । मेरै जिल्लाका नेताहरु भेट गर्न अाउनु स्वभाबकै हाे । त्यसबाहेक मेराे गिरफ्तारी बृहत सान्ति सम्झाैता बिपरित हाे , याे जनयुद्द कालिन मुद्दा हाे भन्ने सेन्टिमेन्ट बाेकेर पार्टि हेड क्वाटरबाट अहिले सम्म केहिपनि भेटन अाएका छैनन ।
पुत्र बियाेग र चुनाबकाे बखत भेटन अाउनु भएन त्याे स्वभाबिकै हाे किनकि त्यस समय तपाईकाे पिडा र निर्वाचनकाे चटाराेकाे कुरा मैले बुझेकै हुँ । अब निर्वाचन पनि सक्कियाे , भारी मतले जितपनि हासिल गर्नुभयाे । तर तपाईलाई मलाई भेटन डिल्लि बजार जेल सम्मकाे दुरि टाढा भयाे या अनिच्छा पैदा भयाे ,र तपाई अाउनु भएन ? तपाईकाे १० मिनेटकाे भेटकाे समय कति महत्वपुर्ण र साहनुभुतिपुर्ण हुन्थ्याे तपाईले कहिले अांकलन गर्नुभयाे ? किनकि १० बर्षे जनयुद्द तपाईकै अभिभाबकत्वमा लडिएकाे हैन र ? मानाै तपाईले भ्याउनु भएन ठिकै छ ,तपाईका काेही कसैलाई तपाईकाे खबर पठाउन त सक्नु हुन्थ्याे नि कि हैन र ? ठिक छ भेटकाे सन्दर्भलाई यहि छाेडाै ।
म हाम्राे पार्टिकाे पाेलिट ब्युराे सदस्य हुँ । याे मेराे क्षमता र तपाईले मलाई पत्याएरै दिएकाे जिम्मेवारी हुनुपर्छ ।एउटा पार्टिकाे पाेलिटब्युराे सदस्य जनयुद्दकालिन मुद्दामा त्यहिमाथि ब्यकसुर ब्यक्ति गरफ्तारी पर्दा बिज्ञप्ति सम्म निकाल्न सक्नु भएन यसकाे कारण के हुनसक्छ । याे त सत्य निरुपन तथा मेलमिलाप अायाेग ले टुङ्ग्याउने समझदारीबाट तपाई हामि कहांनिर चुक्याै ? यसकाे हिसाब किताब पार्टिले राख्नु जरुरि छ कि छैन ? भर्खरै माैलाउदै गएकाे एमाले संगकाे सम्बन्ध बिग्रेला भन्ने डरले या त चरण प्रसाई , कणकमणी दिक्षित लगाएका डलरबादी हरु संग डराएर बिज्ञप्ति निकाल्नु भएन ।
म अहिले जेलकाे चिसाे छिडिमा रहदै गर्दा चार अाेटा राेगसंग एकैसाथ लडिरहेकाे छु ।जेलकाे परिबन्धमा उपचार त्यति सहज छैन अध्यक्ष ज्यु । भनेकाे सामय र भनेकाे डाक्टरलाई भेटन पाईदैन यहा । याे मैले पहिले ८ बर्ष जेल बस्दा नै भाेगेकाे तिताे यथार्थ हाे । उच्च रक्तचाप त छदैथियाे त्यहिमाथी सुगर पनि छ । मेराे दुबै मृगाैलाले काम गर्न छाेडेकाे यहालाई जानकारी नै छ ।
अध्यक्ष ज्यु म तलाईकै अादेसमा काम गर्ने एक सिपाही हैन र ? अहिले जुन हत्या अभियाेगमा म जेल भित्र छु ,त्याे घटना मैले गरेकाे हैन यहालाई पनि थाहा छ । केहि डलर बादीहरुले डलर पचाउन रचिएकाे प्रपन्च मात्र हाे म ब्यकसुर हुदापनि किन जबरजस्त थुनाईयाे ? हजुरले अात्मा साक्षिराखी भन्नुस म थुनिदा तपाईकाे मन कत्तिपनि कुंडिएकाे छैन र ? म थुनिनु भनेकाे तपाई थुनिए जस्ताे हैन र अध्यक्ष ज्यु ? कि माउ बचाउन चल्लाकाे बली चढाईएकाे हाे ?
बांकि अार्काे पत्रमा या भेटमा प्रचण्ड ज्यु
– बालकृष्ण ढुङगेल , सदरखाेर डिल्लीबजार

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु