प्रचण्ड कम्रेड दिवा सपना नदेख्नुस – दिप किरण क्षेत्री

२०७४ श्रावण ९ गते, सोमबार

प्रचण्ड कम्रेड , लाल सलाम म भुतपुर्व जनमुक्ति सेना र अहिले नेकपाको कार्यकर्ता यो नै मेरो छोटो परिचय । प्रचण्ड जि तपाईंले भनेको जस्तो सजिलो छैन पार्टी एकता । जनयुद्धको उपलब्धि र तपाईंलाई बालुवाटार छिराउनको लागि जनयुद्धमा बलिदान गर्ने हजारौं सहिदको रगतलाई अपहरण गर्दै तपाईं हिजो बालुवाटार र सिंहदरबार छिर्नु भयो । आज बालुवाटार र सिंहदरबारबाट पनि नांगिन लागेपछि मात्रै बल्ल पार्टी एकताको ढोल बजाउन लाज लाग्दैन काम्रेड ? आज के को लागि र किन पार्टी एकताको कुरा गर्दै हुनुहुन्छ ? दस बर्ससंम्म जनयुद्ध लडाएर हजारौं सहिदको परिवार र हजारौं जनमुक्ति सेनाको भबिस्य बर्वाद बनाएर ,नारायण काजी जस्तो अवसरवादी मान्छेलाई पार्टीमा प्रवेश गाराएर बस्नु भयो । के त्यतिबेला तपाईंले बैध्य र बिप्लवलाइ देख्नु भएन ? कांग्रेससंग गर्नुस् पार्टी एकता , किनभने तपाईंको र तपाईंको पार्टीको बिचार कांग्रेससंग मात्रै मिल्छ । बिप्लव र बैध्यसंग तपाईंको पार्टीको बिचार मिल्दैन प्रचण्ड जि । यत्रो वर्षसम्म भुल्नु भयो जनयुद्धको सहयात्रीहरुलाई । जब तपाईंले तपाईंको पार्टीमा यस्तो मान्छेलाई भित्र्याउनु भयो जो मान्छेहरु तपाईंको नाम समेत लिन चाहादैन थियो । ती मान्छेहरुको आगमनसंगै तपाईंले जनवाद आएको महसुस गर्नु भएको थियो हिजोसम्म । आज किन बैध्य र बिप्लवको खाँचो महसुस गर्नु हुदैछ ? नारायणकाजी श्रेष्ठहरुले चल्दैन र तपाईंको पार्टी ? बिप्लव र बैध्य नै किन चाहियो आज तपाईंलाई ? कथित शान्ती प्रक्रियाको नाउँमा जनयुद्धको मर्म र भावना बिपरित आजसम्म हिड्नु भयो , के पुगेन तपाईंलाई? बिप्लव र बैध्यसंग पार्टी एकताको कुरा गर्नुहुन्छ आज ? तपाईंसंग सबै थोक छ । पैसा , पावर र तपाईंको लागि आबश्यक पर्ने युवाहरु, घर घडेरी यति धेरै आबश्यक पर्ने शक्ति तपाईंसंग हुदाहुदै आखिर किन बैध्य र बिप्लवसंग पार्टी एकताको कुरा गर्नुहुन्छ प्रचण्ड कम्रेड ?
के तपाईंलाई बिश्वास छ बिप्लव र बैध्यले तपाईंले बोलाएकै भरमा पार्टी एकता गर्छन भनेर ? प्रचण्ड कम्रेड त्यस्तो सजिलो छैन पार्टी एकता । बाख्रीको टाउको झुन्डियाएर कुकुरको मासु बेच्ने व्यवस्थामा रमाउने तपाईंको पार्टीसंग बिप्लव र बैध्यले त्यति सजिलोसँग पार्टी एकता गर्दैन कम्रेड । पार्टी एकताको लागि सहिदले देखाएको बाटो र जनयुद्धको उदेश्यलाई आत्मसात गर्दै एकीकृत एकीकृत जनक्रान्तिको बाटोमा हिड्ने हिम्मत गर्नु पर्छ काम्रेड (जनयुद्ध लड्ने जनता र जनयुद्धमा बलिदान गर्ने हजारौं सहिद र तिनको परिवारलाई चट्क्कै भुलेर दलाल र भ्रष्टाचारीलाई हातलिएर यतिका बर्षसम्न बालुवाटार र सिंहदरबारको वरिपरि घुम्नु भयो अनि आज आएर बिप्लव र बैध्यसंग पार्टी एकताको ढोल बजाउन सरम लागेन कम्रेड। के तपाईं एकीकृत जनक्रान्तीको बाटोमा हिड्ने हिम्मत गर्नुहुन्छ? होइन भने के आधारमा पार्टी एकताको कुरा गर्नुहुन्छ ? नत्र हिजो तपाईंले बिश्वास गरेर तपाईंले पार्टीमा भित्र्याएकोहरुले आज तपाईंको पार्टी समाप्त पार्न लाग्यो भनेर तपाईंको पार्टी जोगाउन र तपाईंको पार्टीको केही मान्छेलाई मन्त्री बनाउनको लागि तपाईंको पार्टीसंग बिप्लव र बैध्यले पार्टी एकता गर्दैनन , प्रचण्ड कम्रेड दिवा सपना नदेख्नुस। पार्टी एकताको लागि जनयुद्धमा रगत बगाउने सहिदले देखाएको बाटो हिड्ने हिम्मत गर्नु पर्छ। लाजिम्पाटको दरवारमा बसेर जनयुद्धको उदेश्य भुलेर आज आफैलाइ समस्यामा परेपछि पार्टी एकताको ढोल बजाउन सुहाउँदो हुदैन कम्रेड ।
(लेखक पुर्व जनमुक्ती सेना हुन् )

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु