प्रचण्डले पार्टीलाई सही ढंगले अघि बढाउन सकेनन : प्रकाश

२०७१ जेष्ठ २८ गते, बुधबार


काठमाडौं। एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सही ढंगले अघि बढाउन नसकेको बताएका छन् । ललितपुरको हरिसिद्धीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले पार्टीको अस्तित्व जोगाउनका लागि सबैभन्दा पहिले दाहालमा रुपान्तरण आउनु पर्ने बताए ।पछिल्लो समयमा पार्टीभित्र देखिएको गुट–उपगुटलाई विषवृक्षको संज्ञा दिँदै प्रकाशले पार्टीमा तत्काल रुपान्तरण, पुनर्गठन र पुनःसंरचना आवश्यक भएको बताए ।६ महिनापछि मात्रै सञ्चारमाध्यममा प्रतिक्रिया दिएको दाबी गर्दै उनले निजी गाडी समेत चढ्न छाडेको बताए । निजी गाडी चढ्ने पार्टीका नेता तथा कार्यकर्ताको आयस्रोत पारदर्शी नरहेको उनको भनाइ थियो ।
नेपालको राजनीति संकटग्रस्त हुनुका पछाडि बाह्य शक्ति केन्द्रमुखी प्रवृत्ति, देश बनाउने दृष्टिकोणसहितको नेताको अभाव र चरम सत्तालोलुप प्रमुख कारण भएको उनको भनाइ थियो ।
प्रकाशले विराटनगरस्थित भारतीय क्याम्प तत्काल हटाउन पनि माग गरे । रिक्त रहेका संवैधानिक नियकायलाई पूर्णता दिन तथा २६ जना सभासदको टुंगो लगाउन श्रेष्ठले सरकारलाइ आग्रह गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु