प्रचण्डलाई पन्छाउदै भट्टर्राई

२०७१ भाद्र १ गते, आईतवार


काठमाडौँ । संविधानसभाको निर्वाचनमा लज्जाजनक हार बेहोरेको एमाओवादी आन्तरिक कलहको कारण पुनः अस्तित्वको संकटमा परेको छ । एमाओवादीका नेता बाबुराम भट्टर्राईको पार्टीीवघटन गर्नुपर्ने भनाइसँगै उनले प्रत्येक जिल्लामा गठन गरेका समानान्तर कमिटीले गर्दा एमाओवादीको अस्तित्वमा गम्भीर संकट आइलागेको छ । विगतमा जस्तै कारवाहीको हौवा फैल्याएर बाबुराम भट्टर्राई पक्षलाई आफ्नो साइजमा ल्याउने प्रचण्ड प्रपञ्च यतिबेला फेल हुन पुगेको छ । भट्टर्राई पक्ष यतिबेला प्रचण्डको प्रपञ्चमा नपरी छुट्टै रुपमा आफ्नो संगठनमा ध्यान केन्द्रित गर्न थालेपछि प्रचण्ड पक्षमा भुइँचालो गएको छ । प्रचण्ड पक्षले भट्टर्राई पक्षसँग बारम्बार वार्ता गरे पनि भट्टर्राई पक्षले आफ्नो संगठन विस्तार कार्यक्रम नरोक्ने जनाएपछि प्रचण्डको पक्षको छटपटाहट बढेको छ । बाबुराम पक्षलाई कारवाही गरेर निकालेमा झिनो रुपमा संविधानसभामा भएको एमाओवादीको उपस्थिति नामेट हुने कारवाही नगरौँ भने पार्टी अस्तित्वमा खतरा हुने । यी र यस्ता विषयले अहिले एमाओवादीभित्रका प्रचण्ड पक्षको निद हराम भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । एमाओवादीको प्रचण्ड पक्षले विगतमा जस्तो भट्टर्राई पक्षलाई कमजोर ठानेमा पार्टीी’ट्ने निश्चित छ । यदि भट्टर्राई पक्षलाई मनाउने हो भने पार्टीे नेतृत्व बाबुराम भट्टर्राईलाई सुम्पनुपर्ने हुन्छ । यी र यस्तो अवस्थामा प्रचण्ड पक्षलाई पार्टीीचाउन हम्मेहम्मे परेको छ । उता भट्टर्राई भने आफू पक्षीय संगठन विस्तार गर्दै यसले पार्टीीफुट्ने बरु मजबुत हुने भन्दै कुटिल पाराले आफू मजबुत बन्दै गएका छन् । भट्टर्राईको यो चातर्यता हेदा अब उनी प्रचण्डलाई पन्छाएर पार्टीाफ्नै नेतृत्वमा चलाउन चाहन्छन् । यदि उनको त्यो अभीष्ट पूरा नभएमा पार्टीीवभाजन गरेर भएपछि आफू नेतृत्वमा आउने निश्चित प्रायः देखिएको छ ।
यसैक्रममा एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टर्राईले देशका सबै जिल्लामा पार्टर्ीीे समानान्तर समिति बन्ने बताएका छन् । नियमित जिल्ला भ्रमणका क्रममा गोरखा पुगका भट्टर्राईले हालसम्म १२ जिल्लामा घोषित रुपमै समानान्तर समिति बनिसकेको भन्दै बाँकी जिल्लामा पनि समानान्तर रुपमा पार्टर्ीी गतिविधि अघि बढिरहेको बताउ । सबै जिल्लामा समानान्तर समिति बनाउने भन्दै भट्टर्राईले पार्टर्ीी’mटाउन नभइ थप बलियो बनाउनका लागि आफूहरुले समानान्तर अभ्यास गरेको दावी गरे । समानान्तर समितिले पार्टर्ीीत्र वैचारिक बहसलाई थप उचाइमा लैजाने भट्टर्राईले बताए । नियमित जिल्ला भ्रमणका क्रममा गोरखा आएका भट्टर्राईले संक्षिप्त पत्रकार भेटघाट कार्यक्रममा पार्टीीमानान्तर समिति गठन भए पनि पार्टीी’ट्ने हल्ला निराधार भएको दावी गरे । केही समय अझै यो क्रम लम्बिने भन्दै उले त्यसपछि पार्टीपान्तरणसहित सबै एकढिक्का हुने बताए । पार्टर्ीीपान्तरणका विषयमा अध्यक्ष प्रचण्डसँग आफ्नो निरन्तर भेटघाट र छलफल भइरहेको उको भनाइ छ । पत्रकार भेटघाटमा उनले माघ ८ गतेभित्रै संविधान बन्नेमा आफू ढुक्क रहेको बताए । संविधानसभाअर्न्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टर्राईले अघिल्लो संविधानसभाका निर्ण्र्ााो स्वामित्व अहिलेको संविधानसभाले ग्रहण गरिसकेकाले अब थोरै काम पूरा गर्न नयाँ संविधान बन्ने बाटो खुल्ने दावी गरे । पछिल्लो समय कुन कुन विवादित विषयमा छलफल भइरहेको बारे भने उले केही बताउन चाहेनने । समितिअर्न्तर्गत लक्ष्मणलाल कर्ण्र्ाांयोजक रहेको उपसमितिले बिगतमा भएका सहमतिबारेको अध्ययन सक्न लागेको भन्दै उले विवादित विषयमा सहमति भइसकेपछि मात्रै त्यसबारे मिडियामा जानकारी गराउने निर्ण्राभएको बताए । महिनाको एक पटक निर्वाचन क्षेत्रमा आउने क्रममा भट्टर्राई विहीबार गोरखा आएका हुन् । उनले विहीबार पार्टरीार्यकर्तासँग आन्तरिक छलफल गरेका थिए भने जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसँग जिल्लाको विकासबारे अन्तरक्रिया गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु