प्रचण्डलाई नेकपामा प्रवेश गर्न सुझाब

२०७४ श्रावण १२ गते, बिहीबार

काठमाडौँ ,१२ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रचण्डलाई माओवादी केन्द्र विघटन गरी नेकपामा प्रवेश गर्न सुझाब दिएका छन ।महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको एकताको प्रस्ताव खारेज गर्दै सो सुझाब दिएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय सचिवालयको बैठकबाट नेकपा, क्रान्तिकारी माओवादीसहितका पार्टीसँग एकताको लागि प्रस्ताव गरेका थिए । प्रचण्डको यस प्रस्तावलाई नेकपाका महासचिव विप्लवले ठाडै खारेज गर्दै माओवादी केन्द्र दक्षिणपन्थी समूह भएको बताउँदै विघटन गर्नुपर्ने बताए । उनले माओवादी केन्द्रभित्र रहेका क्रान्तिकारी नेता–कार्यकर्ताहरुलाई नेकपामा प्रवेश गर्न आह्वान समेत गरे । विप्लवले स्थानीय तहको चुनाव कार्यनीति मात्र नभएर रणनीति भएको बताउँदै प्रतिक्रान्ति लादिएको बताए । उनले नेकपा र माओवादी केन्द्रका बीचमा आधारभूत रुपमै भिन्नता रहेका दाबी गरे ।
“यो चुनाव सामान्य कार्यनीति मात्र होइन, शान्तिप्रक्रिया असफल भएर र प्रतिक्रान्ति लादेको अवस्थाको चुनाव हो । शान्तिप्रक्रिया सहभागी दुईओटा शक्तिहरूमध्ये एउटाले नमानेको अवस्था शान्तिप्रक्रिया भाग्न हुन विश्वभरिको अनुभव छ तर नेपालमा पार्टी्भित्रका आत्मसमर्पणकारी दलाल र पार्टी बाहिर दलालको गठजोडका कारण शान्तिप्रक्रिया असफल भएको छ” विप्लवले भने ।
विप्लवले शान्तिप्रक्रिया असफल भएको बताउँदै अहिले पनि कुनै न कुनै प्रकारको जनयुद्धकै निरन्तरता जारी रहेको बताएका छन् । उनले स्थानीय तहको चुनावलाई २०५४ मा जनयुद्धभित्रको चुनाव जस्तै भएको बताए । अध्यक्ष प्रचण्डले राखेको सोलोडोलो एकताको पक्षमा आफ्नो पार्टी रहेको बताउँदै मसहासचिव विप्लवले दक्षिणपन्थी र क्रान्तिकारीबीच ध्रुबिकरण हुनुपर्ने बताए ।

प्रतिक्रियाहरु