प्रचण्डलाई खुल्ला पत्र – कुनै दिन त सराप्ला नि ती निर्दोष आत्माहरुले ? – बिबशकुमार सुजुवाल

२०७३ श्रावण १२ गते, बुधबार

कमरेड प्रचण्ड ,
तपाईंकोको पुरानो सुरक्षागार्डको तर्फबाट रातो सलाम,
म २०५७ सालको मध्यतिर बिध्यार्थी संगठनमा संगठित भएर २०५८ सालको सुरुवातमै आफ्नो भौतिक जीवनलाई खुकुरीको राजमार्गमा सजिलैसँग हिडाउदा एउटा सपनाको खोजिमा म आफुले आफैलाइ खुला आकाशमा कुदाएको थिए ।
मैले जब वर्गसंघर्षको बाटो रोजे अनि मेरो आमा र दाइले मलाई त्यो असाध्यै कठिन यात्राको मुखबाट फर्काउन धेरै कोसिस गर्नु भएको थियो । तर मेरो मनले मान्दै मानेन किनकि मसँग मेरो बर्ग मुक्तिको सपना थियो , अनि नेपाल आमाको ठूलो भरोसा थियो । त्यो सपनाको नयाँ घरलाइ आमाको भरोसाले पुर्णता दिनको निम्ति भए पनि मलाई त्यो बाटो रोज्न कर्तव्यबोध गराएको थियो । त्यसैले म अहिलेसम्म प्रचण्ड जिउदो लास भए पनि यो यात्रामा निरन्तर लागिरहेको छु ।
२०६१ सालसम्म आउदा मलाइ सधै एउटा सपनाले पिरोली रहेको थियो । त्यो बिचमा म घाइते बाघ जस्तै जङ्गिएको थिए किनकि युद्धको नसाले मलाई लठ्ठै पारेको थियो । मैले कुनै प्रबाह गरेको थिएन , ती प्रतिक्रियावादीको बर्बर आततायी दमन र ताता गोलिको । बरु एउटा निश्चल र अबिचलित सपनाले मेरो यात्रालाइ रोक्न मानेको थिएन । बन्दुकको गोलि जस्तै मेरो यात्रा र सपनालाई निश्चित लक्ष्यमा पुर्याउने चाहाना अझै पनि जस्ताको त्यस्तै छ ।
त्यो समय र त्यो कालमा मैले मृत्युबाट त जितिसकेको थिए । मेरो बाचेको र बाकी रहेको नाफाको जीवनको कुनै महत्त्व राखेको थिएन । बरु एउटा सपनाबाट हारेको जस्तै भएको थिए । त्यो सपना थियो, तत्कालीन जनयुद्धको नायकलाई भेट्न नपाउदै भौतिक जीवनबाट विश्राम लिनु पर्ने त होइन ? यस्तै मन भित्रका सपनाले मुटुमा सधै घचघच्याइ रहन्थ्यो । त्यो समयको त्यस्तो बहुमुल्य मेरो नायक आज किन यति घृणित पात्रको रुपमा म परिभाषित गर्न बाध्य छु । किन उ कायरहरुको जथ्थामा मेरो बर्ग बिरोधी नारा लागाएको देख्छु ? यो आफैलाइ पनि पत्याउन गारो ठानिरहेको छु ।
हिजो प्रचण्ड पथ जिन्दावादको नारा लगाउने मेरो यो पुस्ता किन आज खाडिको मरुभूमि बालुवामाथी देखि काठमाडौको सडकको गल्लीसम्म पुस्पकमल दाहाल ( प्रचण्ड ) मुर्दाबादको नारा घन्काइरहेका छन । के यसको जवाफ प्रचण्डको आसे पासे सँग छ ?
क. प्रचण्ड , सायद तपाईलाई त्यति हेक्का नहोला ? तपाईलाई देख्ने इच्छा हुँदा हुँदै पनि कयौ मेरो सहयोद्दाले मृत्युको अन्तिम प्रहरमा मेरो यो पुस्ताले भनेका शब्दहरु यस्ता हुथ्ये !
१. प्रतिक्रियावादी संसदीय ब्याबस्था-मुर्दाबाद
२. जनगणतन्त्र नेपाल -जिन्दावाद
३. प्रचण्ड पथ- जिन्दावाद
यो कुरुप संसदीय ब्याबस्थाको विरुद्धमा छेडिएको युद्धमा यहि ब्यबस्था फेर्नको निम्ति रोल्पा ,रुकुम , कालिकोट र जाजरकोटहरु रणमैदानमा फेरिएका थिए । यहि ब्याबस्थाको विरुद्धमा कालिकोट मालकोटकि प्याउकलि बि.कहरु हतियार खोस्न तम्सिए । आज यहि ब्याबस्थाको विरुद्धमा लडे बाबत मेरो यो पुस्ताले अरबको तातो बालुवामाथी बसेर सुनौलो सपना देखिरहेका छन् । यहि ब्याबस्थाको बिरोध गरे बाबत मेरो पुस्ताले फेरि जेल बस्नु पर्ने परिस्थिति सिर्जना हुदैछ । क्षति अचम्म ! परिस्थितिको के दोस तर तपाई आफै घटिया र निच भएपछि आफैले बुनेको आफ्नै सपनाहरुलाई आफै बलात्कार गरेर फेरि अर्को चोटि प्रधानमन्त्री हुने दाउमा लागि रहनु भएको छ ।
क.प्रचण्ड , तपाईले आफुलाइ आफैले अलौकिक शक्तिको रुपमा परिभाषित गरेर अझै पनि जनयुद्धको बिराशत अगाडि राखी दुनियाँलाई धम्क्याउन छोड्नु भएको छैन । तपाईंलाई किन आफ्नो इमान र इज्जतको डर छैन हँ ? मानबिय स्वाभाब हो त्यो ईमान र इज्जतमा दाग लागेमा मान्छे समाजबाट बहिस्कृत भएर बस्न चाहान्छ । तर तपाई अझै उल्टो गरिबका सपनाको ब्यापार गरेर आफू साझ हुस्की र बियरका पार्टी दिइरहनु भएको छ । गाउँ घरमा एउटा उखान छ – इख नभएको छोरा र बिष नभएको सर्प काम लाग्दैन भन्थे बुढा पाकाले सहि रहेछ । आज मलाइ यहि उखानको पात्रको अग्र पंक्तिमा राखेर तपाईंलाई परिभाषित गर्न बाध्य छ मेरो यो पुस्ता ।
एउटा ठूलो पीडा छ । म तपाई जस्तो युद्धको परिबेशमा कहिले भारत को पाँच तारे होटलमा बसेर त, कहिले हजारौ म जस्तै छापामारको सुरक्षामा बसेर युद्धको अनुभुति गरेको होइन । मैले त जिते संसार हारे हत्कडी , मुक्ती या मृत्युको कसम खाएर पहिलो एसाल्टको अग्र भागमा रहि युद्धको इमान्दार सिपहिको भुमिका निर्बाहा गरेको छु । यति मात्र होइन ४८ घण्टासम्म पानी नखाइ लडेको तिनगिरे मोर्चाको ताजा अनुभूति समालेको सिपाही हु ।
कति सहयोद्दा त यहि हातले पुरेर आएको छु । अझैपनि मेरो शरीरमा बमका छर्राले छिया छिया भएका घाउ बेला बेला बल्जिरहन्छन । आखिर सबै यो तपाईले यहि कुरुप खेलको लागि उपयोग गर्नु भयो हैन ? तपाईं बाचेकोमा र मेरो सहयोदा क.युद्ध , क. बारुद ,क. मुक्ती , क. बिजय ,क.सपनाहरुको मृत्युले अहिले पनि पीडा दिएको छ । यहि मेरो सहयोद्धाको मृत्युको ठाँउमा क. प्रचण्डको मृत्यु भैदिएको भए । ती मेरा सहयोदा बाचेका भए कति सुन्दर भाकाले नायकको बलिदानी अनि बिरता र ओजपुर्ण मृत्युको इतिहासले हामिलाइ जीवनभर सकारात्मक शिक्षा हुन्थ्यो होला ? तर आज ठिक उल्टो भयो । प्रचण्ड बाचेर कुरुप इतिहास बन्यो । मेरो सहयोद्दाको बलिदानीको बुइचढी आफ्नो ब्याक्तिगत गुजारा चलाएको प्रचण्ड सहिद भए कति मेरो छाती गर्बले फुल्थ्यो होला ? जहाँ युद्धमा नायक गुम्यो भनेर । अहिले जो बाचेर प्रचण्ड मेरो बलिदानीको इतिहास खुम्चिएको छ । त्यसमा कुनै दिन त सराप्ला नि ती निर्दोष आत्माहरुको सपनाहरुले ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु