प्रचण्डलाई कालो झण्डा देखाउने तयारी

२०७४ भाद्र ३१ गते, शनिबार

काठमाडौँ, ३१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रोल्पाको थबाङ जाने कार्यक्रम छ । प्रचण्डको थबाङ यात्राको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले कालो झण्डा देखाउने तयारी गरेको बताइएको छ । भेलाको उद्घाटन गर्न प्रचण्ड थवाङ जान लागेको माओवादी केन्द्रले जनाएको छ । प्रचण्डसँगै माओवादी केन्द्रका अन्य नेताहरुपनि थबाङ जान लागेको बताइएको छ । प्रचण्ड थबाङ जाने कार्यक्रम सार्बजनिक भए लगतै उक्त गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगर अपहरणमा परेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु