प्रचण्डलाई ओलीले लगाएको गुन – नरेन्द्रजंग पिटर

२०७१ माघ १२ गते, सोमबार

एमाओवादी अध्यक्ष प्रचण्डलाई एमाले अध्यक्ष खडग प्रसाद र्समा ओलीले यस पटक ठूलै गुन लगाए । कहिलेकहीँ नकरात्मक भूमिकाले पनि सकरात्मक परिणाम निकाल्छ भने जस्तै स्वयम् आफैँले गर्न नसकेको काम फत्ते कमरेड ओलीको सक्रियताले गरिदिएर माओवादीलाई यो गुन लागेको हो । उनको गुन भनेकै पहिला मधेसलाई हेप्नु र दोस्रो आन्दोलनकारीलाई वँदर भन्नु, तेस्रो माओवादीलाई आन्दोलनमा उतार्नु हो, सदन र सडक आन्दोलनको बाध्यता गराएर गुम्दै गएको विश्वास पुनरप्राप्ती गर्राईदिनु हो । समाज अहिले नराम्रो तरिकाले धुर्बीकरण हुँदैछ, एकातर्फनिरन्तरको सत्ता अर्कोतर्फपरिवर्तनकामी शक्ति ।
कार्यकर्ता र आमजनताको पनि प्रचण्ड र माओवादीलाई आरोप थियो- ऊ आमुल परिवर्तन प्रति विश्वास गर्देन्, सत्तामा पुग्ने भर्‍याङ्ग मात्र जनयुद्धलाई बनायो, सदनलाई बात बहादुरकै थलोमा फेन संसदवादीकै जस्तो उस्को पनि भूमिका रहृयो, उस्ले उठाएका मुद्दामा स्वयम् आफैँ अडिन सक्दैन् अर्को एमाले बन्दो छ भन्ने । आपसमा भ्रम बढे, छरिए, त्यसैले उत्तेजना बढ्दै गए, त्यही वात लगाँउँदै पार्टीmट्दै गयो, गुट उपगुट बन्दै गए, अरु त अन्त लागे..नै .प्रचण्ड-बाबुराम बीच पनि सम्बन्ध चिस्यान हुँदै गयो । त्यस भ्रम चिर्न फलामे च्यूरा बनिसकेको थियो अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भटटर्राईलाई ।
कबि सेलीको भनाईमा सुतेको बाघलाई उठाउनु खतरालाई बोलाउनु हो भने अझ उस्को दात गन्नु जोखिम उठाउनै हो, अझ त्यसभन्दा पनि मुस्किलको कुनै काम छ भने कसैको प्रति परेको भ्रमलाई सफा गर्नु । कस्ले के कस्तो सोचेको छ भन्दा पनि कस्लाई कस्ले कुन रूपमा बुझेको छ महृत्वपूण् पक्ष हो । अब कसैले पनि कथनीमा नभई करनीमा बुभने भए । आप\ना चिन्तनको र्समर्थन पाँउन कस्ले के, कति, कसरी मुल्य तिरेको छ भन्ने हुन्छ । माओवादीले विरोधीले चलाएका भ्रमलाई चिर्न त सकेन नै उल्टो भ्रम तयार गर्ने शिर्ष पनि दिँदै गयो । त्यसैलाई अध्यक्ष प्रचण्डले नागरिक समाजका अगुवाको भेटमा भनेका थिए -मैले गरेको गल्तीको दण्ड आमुल परिवर्तनले पाउनु पर्ने कतिको जायज कुरा हो’ भनेर ।
भानिरहनै परेन कमरेड ओलीको गिर्दो स्वास्थ र सिहंदरवारको म्याराथुन दौड्मा हतारो छ । उनका उत्तेजक अभियानको छाहारीमा अहिले भने उग्रदक्षिणपन्थ र यथास्थितिले आप\ना अजेण्डाको मारकेटिङ्ग गरिरहेको छ । त्यसैले त्यस उत्तेजनात्मक भूमिकाले अध्यक्ष प्रचण्ड न आन्दोलनबाट टाढिएका हुँन्, न अन्तरपार्टीीबस्थापनमा चुकेका हुँन्, न डा. बाबुराम भटर्राई आप\mना घोषित अभियानबाट विच्केका हुँन, न माओवादीले मधेश, जनजाती, उत्पिडत, क्षेत्र, जाति, लिङ्गको विषयलाई छोडेको नै हो भन्ने पुष्टि सदन र सडक र्सर्ंघषबाट गर्ने मौका जुर्राईदिने प्रथम श्रेय भने कमरेड ओलीलाई गएको हो ।
आफन्त र पर्राईको विश्वास जित्न नसकेका अध्यक्ष प्रचण्ड आपmनैले धारेहात लगाएको, पार्टी’ट्दै गएको, गुट र उपगुटमा पार्टीेरिँदा आन्दोलन ध्वस्त भएको, वर्गर्सर्ंघष सिथिल बन्दै गएको, कार्यकर्तामा उदासिनता, पलायनता, गफास्टक बात बहादुर र चम्चे जमात बढ्दै गएको टुलुटुलु हेन विवस बन्दै थिए । विगतमा माओवादी आन्दोलन थियो, र्सघष, परिवर्तनका स्वप्नद्रष्टाहरू थिए, आन्दोलन परिवर्तन भनेपछि होमिने, तर अर्को मोर्चामा भने या त भ्रष्ट र लोभी पापीहरूको सक्रियता हुन्थ्यो या असली कार्यकर्ता भने अल्छी बन्ने गर्थे वा अव यहा केही हुँदैन भनेर नयाँ बाटो रोज्थे, उर्जा सकिएर आन्दोलनको क्षतिपूर्ती आसे भाव पलाएको थियो । अहिले कमरेड ओलीको अध्यक्ष प्रचण्डलाई लगाएको गुन भनेके सवै आन्दोलनकारी, परिवर्तनकारीलाई एउटा मञ्चमा उर्तान सक्नु हो । गिरजा बाबुलाई टूलो आरोप लागेको थियो, जवसम्म ज्ञानेन्द्र शाहले धकेलेर आन्दोलनकारी बनाएन् तबमात्र उहाँलाई खलनायक भन्नेहरूले पनि उहाँको नेतृत्व स्वीकार गर्ने अवस्था स्रिजना गरिदियो । यो दशबर्षा धेरैको भूमिका फेरिए तर प्रचण्डलाई धारेहात लगाँउने नै बिजुलीबजारमा भने प्रशंसा गर्दै थिए । यो समयको खेल र राजनीतिमा स्थायी दुश्मन र मित्र हुँदैन भन्ने उदाहरण थियो । त्यो अवसर फेरी कमरेड ओलीले अध्यक्ष प्रचण्ड टिमलाई दिएको हो ।
सामान्यजनलाई सदन र सविंधान सभा एउटै हो भन्ने भ्रम परेको थियो । सभामुखमा सुभाषचन्द्र नेम्बाङ्ग सदनको अभिभावक र युगान्तकारी भूमिका निभाउन सक्ने ब्यक्तित्व हो, पहिलो संविधान सभा जस्तै सहमतिको लागी प्रयास उहा गर्नु हुँने छ, दोहोरो भूमिका निभाउनु हुानेछैन् सरकार बहुमतको सदन प्रतिपक्षको भन्ने मान्यता कायम गर्नु हुन्छ भन्ने आशा, अपेँक्षा अर्थात भ्रम थियो । शालीन र भद्र ब्यक्तित्व नेम्बाङ्ग मुल त एमाले कार्यकर्ता हो र उहाँ काग्रेसमा भूमिकाहीन बनेका पूव सभामुख दमननाथ ढुङ्गानाको नियति भोग्न तयार हुँनुहुन्न भन्ने तितो यर्थात सामुने आएको थिएन । धेरै रहस्यको पर्दा उठाउन र माओवादीलाई आन्दोलन छोडेमा पहिचान गुम्छ भनेर उत्तेजनामा ल्याउदै भूमिकामा उर्तान जुन पहल कमरेड ओलीले गर्नु भयो त्यो अध्यक्ष प्रचण्डलाई उहाँकै सहयोद्दा र शुभेक्षुकले गर्न नसक्ने गुन लगाएको मान्नु पर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु