प्रचण्डको ओरालो यात्रा र विप्लवलाई ईतिहास निर्माण गर्ने अवसर- डायमण्ड म्याग्देली

२०७५ आश्विन २५ गते, बिहीबार

ईतिहास निर्माण गर्ने अवसर खास-खास समयमा विशेष व्यक्तिलाई प्राप्त हुने गर्दछ, कसैको ईच्छा र रहरले भन्दा पनि विशेष परिस्थितिको सिर्जना,त्यसमा भुमिका निर्वाह गर्न सक्ने उपयुक्त पात्र, जस्को व्यक्तित्व,चरित्र,हिम्मत र क्रियाशिलता ले परिस्थिति लाई आफ्नो कावुमा राखेर सहि दिशामा अगाडी वढ्न सकोस ।
नेपाली राजनितिमा अझ नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा २०५२ साल फाल्गुन १ देखी सुरु भएको जनयुद्द त्यस्तै एक विशेष र एेतिहासिंक राजनितिक परिघतना थियो र त्यस्को नेतृत्व गर्ने अवसर प्रचण्ड लाई मिलेको थियो।
वि.स. २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी राजनितिक घतनाक्रम को फेरवदल,भिन्न-भिन्न राजनितिक कार्यदिशा को खोलभित्र हुर्कदै गरेको गैह्र क्रान्तिकारी. निम्न पुजिँवादी चिन्तन,त्यसले जन्माएको व्यक्तिगत ईगो र तकराव का कारण गुट, टुटफुट,विभाजनको अन्त्यहिन श्रृंखला वाट गुज्रदै थियो.यसरी आरोप-प्रत्यारोप टुटफुट र विभाजनले पार्टी र कम्युनिष्ट आन्दोलन रक्षात्मक र कमजोर वन्दै थियो. २०१७ सालमा राजा महेन्द्र ले कु गरेर निरंकुश पञ्चायती व्यवस्था लाड्नु, केहि समुहले २०२८ सालमा असफल झापा विद्रोह गर्नु. २०४६ सालको संयुक्त(कांग्रेस+वाम मोर्चा )जनआन्दोलन पछी वहुदलिय. संसदिय व्यवस्था को पुनस्थापना. केहि राजनीतिक दल.दरवार र वाहिरी शक्ति केन्द्र को सहमतिमा” नेपालको संविधान २०४७ ” घोषणा भएको अवस्थामा नयाँ जनवादी क्रान्ति को पक्षधर क्रान्तिकारी शक्तिको लागी चुनौति र अवसर सामुन्ने आएको थियो।
टुटफुट र विभाजनको श्रृंखला वाट गुज्रदै गरेको क्रान्तिकारी शक्तिलाई एकतावद्द गर्ने कुरा त्यति सहज थिएन र त्यो भन्दा अझै कठिन विषय त एकता संगै जनयुद्दमा हाम फाल्नु थियो.भर्खर ठुलो जनसहभागितामा २०४६ सालको जनआन्दोलन भएको ताजा स्थिति त्यसपछी सविंधान २०४७ घोषणा भए संगै सम्पुर्ण पुजिँवादी संसदिय शक्तिहरु विश्वकै उत्कृष्ट सविंधान वनायौं भन्ने हवाला दिंदै त्यस्को प्रचार-प्रसार र कार्यन्वयनको चरणमा लाग्दै गर्दा यता क्रान्तिकारी शक्तिले तिनिहरुले जनतामा छरेका भ्रमहरुलाई चिर्दै जनयुद्दको सुरुवाट गर्ने र आम जनतालाई परिचालन गर्ने कुरा कम चानचुने थिएन. तरपनि तत्कालिन अवस्थामा पार्टी को नेतृत्व गरिरहेका प्रचण्डको कुशल/सुझवुझपुर्ण नेतृत्व र साहसिक कदम को कारण एेतिहासिक जनयुद्दको सुरुवात मात्र भएन कि वरु एक पछी अर्को सफलताको सिंढी चढ्दै अगाडी वढ्दै गयो। पुरानो राज्यसत्तामा तिव्र अन्तरविरोध र फुट सिर्जना हुदैं गयो उस्को अन्तिम सैन्य शक्तिलाई वरावरीको हैसियतमा खुम्चिन वाध्य पार्यो।
यसरी १० वर्षे जनयुद्दको अवधि मध्ये झण्डै आठ वर्ष छिमेकी देश को भुगोलमा आश्रय लिए पनि स्याटेलाईट फोन संवाद,आदेश कै भरमा कुशलतापुर्वक जनयुद्द को नेतृत्व गर्न सक्ने उनको खुविलाई कसैले नकारेको थिएन. जव २०६१ तिर वावुराम भट्टराई संग अन्तरविरोध चर्कियो तव छिमेकी देशमा लिईरहेको सेल्टर पुरै असुरक्षित महशुस हुन थाल्यो त्यसपछी रातारात नेपाल भित्रिएर केन्द्रिय आधार ईलाकातिर सेल्टर सिफ्ट गरेको तथ्य पनि धेरै माध्यम वाट पहिल्यै सार्वजनिक भैसकेको छ,त्यहि समयमा जमिनि मोर्चा मा दुश्मन लाई हायल-कायल वनाईरहेको जनमुक्ति सेना उस्को हवाई जाशुसी र नाईट भिजन हेलिकप्टर को सपोर्ट र आक्रमण ले अलि वढी क्षति व्यहोर्न र कतिपय अवस्थामा मोर्चा नसकिदैं रिट्रिट हुन वाध्य भएकै हो,त्यस्तो अवस्थामा जनमुक्ति सेनाको लागी हवाई आक्रमणको प्रतिरोध गर्ने प्रविधि आवश्यक थियो आपुर्टी हुनुपर्थ्यो ।
सिंगो जनमुक्ति सेनाको एक मात्र साझा माग त्यहि नै थियो एन्टी एयर क्राफ्ट विपन मात्र आपुर्टी हुन सक्यो भने दुश्मन लाई पुर्णतया परास्त गर्न सकिन्छ भन्ने आत्मविश्वास थियो तर तत्कालिन सुप्रिम कमाण्डर प्रचण्डको दिमागमा के थियो त्यति वेलै थाहा हुने कुरै भएन ।
विस्तारै वल्ल थाहा हुन थाल्यो सुप्रिम कमाण्डर त छिमेकी देश छोडेर नेपाल आई केन्द्रिय आधार ईलाका छिरेको केहि दिनमै सेल्टर नजिक-नजिक दिनहुं जसो वम पड्किने जता निस्क्यो त्यतै टाउको माथी माथी दुश्मनको हेलिकप्टर घुम्ने र गोलावारी गर्ने.आफैले जनमुक्ति सेना लाई प्रत्यक्ष रुपमा अन्तिम निर्देशनमुलक प्रशिक्षण दिएर नजिकवाट कमाण्ड गरेको खारा मोर्चा असफल हुनु आदी कारणले उनको होस-हवास उडिसकेको उनको मनोवल पुरै गिरेको रहेछ भन्ने अनुमान गलत थिएन।
यसरी जव उनले नजिक वाट वम वारुड को धमाका अनुभुत गरे तव उनलाई लाग्न थाल्यो काल ले आफ्नो पिछा गरिरहेको छ. त्यतिवेला उनले न त जनयुद्द सुरु गर्दाको प्रतिवद्दता सम्झे न त हजारौ को वलिदान.वहादुरी.त्याग र समर्पण सम्झे वरु सुरक्षित अवतरण को लागी वाटो वदल्ने सोचंमा पुगिसकेको तथ्य विस्तारै सार्वजनिक हुन थाल्यो। तरपनि तत्कालिन अवस्थामा फिल्ड कमाण्डर हरुवाट त्यस्तो प्रविधि आपुर्टी हुन्छ भन्ने आश्वासन आउन छोडेन तर……
आउन त आयो तर अर्कै चिज आयो त्यो थियो दिल्लीमा तत्कालिन संसदवादी दल र माओवादी विच भएको कथित १२ वुंदे सम्झौता जो एमाले र माओवादी विच सत्ता साझेदारी वारे पहिल्यै रोल्पा मा भएको सहमति विरुद्द मात्र थिएन वरु पुरै जनयुद्द र त्यस्को म्याण्डेट विपरित थियो. किनकी त्यसैको आधारमा ०६२/०६३ को आन्दोलन भयो संसदवादीहरुले आफ्नो गुमेको स्वर्ग पाए तर माओवादी आन्दोलन विसर्जनतिर अगाडी वढ्यो र प्रचण्डको ओरालो यात्रा सुरु भयो।
यो नै माओवादी जनयुद्द विसर्जन गर्ने पहिलो कडि र मुख्य नेतृत्व प्रचण्ड को ओरालो यात्रा सुरुवात गर्ने घुम्टि थियो.त्यहांदेखी सुरु भएको विचलनको यात्रा विस्तृत शान्ति सम्झौता को नाममा जनयुद्द जनसत्ता जनअदालत को अन्त्य र विघटन,जनमुक्ति सेनाको विसर्जन र हतियार राज्य लाई हस्तान्तरण प्रतिगामी सविंधान निर्माण सम्म पुग्यो अहिले आएर जनयुद्दका कट्टर विरोधी जनयुद्द लाई उग्रवामपंथी भड्काव देख्ने सत्तोसराप खिसी-तिउरी गर्ने अत्यन्त हलुका तिप्पनि र व्यंग्य गर्ने दक्षिणपंथी शंशोधनवादी कित्तामा निजि राजनितिक जिवन रक्षाको लागी राजनितिक शरणार्थी को रुपमा प्रवेश गर्नुलाई प्रचण्ड पतन को अन्तिम पाटो को रुपमा वुझिएन भने अन्यथा हुनेछ।

यसरी जनयुद्दको प्रमुख पहलकर्ता नेतृत्वकर्ता हुदै जनयुद्दको मुख्य अवधिभर क्रान्तिकारी नायक को रुपमा चर्चित रहि उदाएको पात्र आज आफ्नै नेतृत्वमा निर्मित रक्तरञ्जित ईतिहास मा कालो पोत्दै खलनायक मा परिणत भैसकेपछी जनयुद्दको त्यो महान र एेतिहासिक विरासत लाई जोगाउंदै त्यहि जगमा टेकेर जनयुद्दको अधुरो र अलपत्र सपना लाई पुरा गर्न कोहिं न कोहिं त जन्मनै पर्थ्यो र त्यै कोहि मध्ये कमरेड विप्लव लाई नयां क्रान्तिको नेतृत्वको रुपमा ईतिहासले जन्माएको छ यसमा आम माओवादी पंक्ति. शोषित-पिडित मुक्तिकामी आम जनसमुदाय र सिंगो देशले गर्व गर्नुपर्छ।
हुनत एक हुल मान्छेहरु यसो पनि भन्छन कि विप्लव सांसद मन्त्रि वन्ने अवसर नपाएर वा जनयुद्दको नायक र आजको खलनायक जस्तै वन्ने महत्वकांक्षाले अलग राजनितिक धारवाट अगाडी वढ्दैछन ।
तर यो निराधार आरोप र राजनितिक पुर्वाग्रह अनि कुण्ठाले भरिएको आतंकित र हतोत्साही अभिव्यक्ति वाहेक अरु हुनै सक्दैन.किनकी विप्लवले हिजो संगै हुदां पार्टीमा यो सुविधा जिम्मेवारी मैले पाउनुपर्छ भनेर दावी गरेको र पार्टीले अयोग्य घोषित गर्दै सवै अवसर वाट वञ्चित गरेको छ भन्ने निर्णय भएको सर्कुलर आजसम्म पनि कतै फेला परेको छैन. यदी कसैसंग छ भने सार्वजनिक गर्न चुनौति दिईन्छ।
विप्लवको आज सम्मको राजनितिक करियरमा कुनै दाग लागेको कसैले देखाउन सक्छ भने देखाओस त्यसलाई सार्वजनिक रुपमै पुरस्कृत गर्न सकिन्छ.तर उनको स्वच्छ र पारदर्शी राजनितिक जिवनशैली.निरन्तर अविचलित क्रान्तिकारी यात्रा देश र जनताप्रतिको ईमान्दारिता जिम्मेवारीवोध सहित जोखिम मोलेर साहसिक कडम चालेर लोकप्रिय वन्दै अगाडी वढेको देख्दा पुर्वाग्रहले वर्वराउने हरुलाई अरु के नै भन्नु छ र.?
जस्ले जे कुतर्क गरेपनी र संसदिय शक्तिले नजरअन्दाज गर्न खोजेपनी पछिल्ला घटनाक्रमले केहि तथ्यको उजागर गरेको छ ।देश र जनताको एजेण्डा सहित महाअभियानमा लामवद्द राजनितिक शक्तिलाई वर्तमान सरकारले दमन गरेर सक्ने सपना देखेकै हो तर क्रान्तिकारी शक्ति त कसरी पो सकिन्थ्यो र वरु ओली सरकार नऱाम्रो संग नांगियो एकातिर वार्ताको नाटक गर्ने अर्कोतिर दमन लाई जारी राख्ने सरकारको यस्तो रवैया प्रति न्यायलय मानवअधिकार आयोग सुरक्षा निकाय पत्रकार कतिपय स्वतन्त्र लेखक हरु र अन्य पार्टीका नेता/कार्यकर्ता ले आपत्ति जनाउदै राजनितिक शक्तिको रुपमा स्वीकार गर्दै वार्ता वाट निकाश खोज्न दवाव दिने कुरा निकै अर्थपुर्ण छ। यस्ले राज्यको वैकल्पिक उदियमान शक्ति ने क पा र त्यस्को नेतृत्व विप्लव हो भन्ने प्रष्ट संकेट गरेको छ।
अन्त्यमा यो दलाल पुँजिवादी संसदिय व्यवस्था देश र जनताको हितमा कहिल्यै हुन सक्दैन भन्ने कुरा विगतदेखी भन्दै आएकै हो।यतिवेला कथित २ तिहाईको ओली सरकार देशमा छ तर यति निरिह छ कि यो हाम्रो आरोप हैन स्वयं प्रम ओली उनका क्याविनेटका मन्त्रीहरु र पार्टीका नेता/कार्यकर्ताले वकाईदा वोलेको र काम कारवाहीले पुष्टी गरेको कुरा हो। २ महिना भन्दा वढी हुदा सम्म एउता वलात्कारी अपराधी पत्ता लगाउन सक्दैन भने यो भन्दा निरिहता र नालायकिपन अरु के हुन सक्छ? उनिहरुकै भाषामा जनताले अस्वीकृत गरेका र हवल्दार शैली र स्वभाव वाहेक अरु कुनै खास क्षमता र योग्यता नभएका वामदेव लाई सांसद वनाउऩ राज्यको करोडौ ढुकुटी खर्च गर्नुको के अर्थ छ ? अन्य तपशिलका कुरा त धेरै छन त्यतातिर नजाअौं, समग्रमा यि दलालहरुले गर्ने हरेक गतिविधी देश र गरिव जनताको लागी अर्थहिन नै हुन्छन।
त्यसैले अव पनि यो दलाल संसदिय व्यवस्थाको भ्रममा नपरौं केहि चुनौतिहरु त छन नै तथापी सम्भावनाको क्षितिज पनि खुलिसकेको छ।क्रान्ति र ईतिहासको अन्तिम पाटो हुदैन भन्ने सच्चाई लाई मनन् गर्दै नेपाली जनताको आशाको केन्द्र कमरेड विप्लवको नेतृत्वमा गोलवन्द हुदैं एकिकृत जनक्रान्ति को माध्यमवाट जनताको सत्ता स्थापना संगै नयाँ ईतिहासको निर्माण गर्ने अभियानमा सरिक वनौं क्रान्ति र क्रान्तिकारी जनताको जित सुनिश्चित छ।

प्रतिक्रियाहरु