प्रकाश दाहालको अन्त्यष्टि अाजै गरिने

२०७४ मंसिर ३ गते, आईतवार

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्‍यक्ष प्रचण्डका छोरा तथा पार्टीका युवा नेता प्रकाश दाहालको अन्त्यष्टि अाजै गरिने भएको छ । बुबा प्रचण्ड लगायत परिवारका सदस्यहरु काठमाडौं पुगेपछि मृत्युबारे अस्पतालले अौपचारिक रुपमा पुष्टि गरेको छ । अहिले प्रकाश दाहालको शव पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्‍जलीको लागि राखिने भएको छ । शव अस्पतालबाट शव बाहनमा राखेर पेरिसडाँडातिर ल्याइदैछ ।
विहान ५ः५० बजे प्रकाश दाहाललाई अस्पताल पुर्‍याइएको र त्यतिवेलासम्म निधन भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । दाहालको पूरै शरीर चिसो भइसकेको बताउँदै अस्पतालका डाक्टरले निधन राती १-२ बजेतिर नै भइसकेको बताए ।
अस्पतालका डा. यादव भट्टले प्रकाश दाहाललाई अस्पताल पुर्‍याउनु ३ घण्टा पहिले नै अाकस्मिक हृदयघात भएको बताए । उनले पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको अवस्थामा अस्पताल पुर्‍याएको जानकारी दिए । अस्पताल पुगेकी जेठी श्रीमती सिर्जना त्रिपाठी बेहोस भएकी छन् । उनलाई अस्पतालकै इमरजेन्सीमा भर्ना गरिएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु