प्रकाण्ड र शिलु सर्बोच्च अदालतपरिसरबाटै पुनः गिरफ्तार(भिडियोसहित )

२०७५ भाद्र २९ गते, शुक्रबार

काठमाडौं, २९ भदौ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलुलाई प्रहरीले भर्खरै सर्बोच्च अदालतपरिसरबाटै पुनः गिरफ्तार गरेको छ ।
गैरकानूनी रुपमा थुनामा राखको भन्दै विरेन्द्र विश्वकर्माले रिहाइको माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले प्रकाण्डलाई आजै अदालतको मुख्य रष्ट्रिारको रोहवरमा छाड्न आदेश दिएको थियो । रिहापछिको प्रकाण्डको गिरफ्तारी यो पाँचौ पटक हो । आदेशमा यसअघिदेखि नै सर्वोच्चको आदेशमा रिहाई हुँदै आएका प्रकाण्डलाई तत्कालै सरकारले पटकपकट गिरफ्तार गरी थुनामा राख्ने गैरकानूनी कार्य गरेको ठहर गर्दै संविधानले प्रत्याभूत गरेका वैयक्तिक स्वतन्त्रताको हक उपभोग गर्नबाट निवेदक वन्चित हुन गएको भन्दै इजलास संवेदनशील भएको जनाएको छ ।
‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकको प्रचलनको लागि यस अदालतबाट एउटै व्यक्तिको गैरकानूनी थुनाको सम्बन्धमा पटकपटक आदेश जारी गर्नु परेको सन्दर्भमा कही यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन ?’ भनेर सरकारमाथि सर्वोच्चले गम्भीर प्रश्न उठाइएको छ ।

भिडियो

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु