प्रकाण्डलाई हत्कडी लगाएर सरकारले फासीवादी चरित्र प्रदर्शन गरेको छ : डा. भट्टराई

२०७५ श्रावण २७ गते, आईतवार

काठमाडौँ, २७ साउन । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डमाथि हत्कडी लगाएर घोर अमानवीय व्यवहार गरेकोमा आपत्ति जनाएका छन । प्रकाण्डमाथि अपराधीलाई जसरी गैरराजनीतिक विषयसँग जोडेर मुद्दा बनाउनु राजनीतिक प्रतिशोध बाहेक अन्य केही हुन सक्दैन भन्दै . भट्टराईले प्रकाण्डमाथिको अभियोग फिर्ता लिएर बिनासर्त तुरुन्त रिहा गर्न माग समेत गरेका छन । आज महानगरी प्रहरी परिसर टेकु हिरासतमा पुगेर प्रकाण्डसँग भेट गर्दै संयोजक डा. भट्टराइले सरकार आफ्नै गल्तीले दिनदिनै ओरालो लागेको र अब जनताले धेरैदिन थेगेर राख्न नसक्ने चेतावनी समेत दिए । नेकपाले राजनीतिक कार्यक्रम गर्दै आइरहेको र राज्यले राजनीतिक हिसाबले हल खोज्नुपर्ने भेटका क्रममा बताए । मन्त्री भइसकेका प्रकाण्डलाई प्रहरीले अपराधीलाई झैं हतकडी लगाएको भन्दै भेटमै विरोध गरेका थिए । साथै प्रकाण्डलगायत गिरफ्तार सबैसँग मानवीय र राजनीतिक नेताको रुपमा व्यवहार गर्न प्रहरी प्रशानसँग आग्रह गरे । भेटपछि दुई जनाबीच करिब झण्डै पन्ध्र मिनेट कुराकानी भएको र राजनीतिक मान्छेलाई गैरराजनीतिक मुद्दा लगाउने कोशिस सरकारबाट भएकोले यसको विरोध गर्न सबैसँग आग्रह गरिने डा. भट्टराई बताएका थिए । सरकार फासिवादतर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त समेत गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु