प्रकाण्डलाई सर्वोच्च अदालतमा उपस्थित गराइँदै

२०७५ श्रावण ३१ गते, बिहीबार

काठमाडौं, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्न आज सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ । ९ दिनदेखि महानगरीय प्रहरी काठमाडौंको परिसर टेकु हिरासतमा राखिएका प्रकाण्डसहित हरिन्द्र आचार्य र मानबहादुर श्रेष्ठलाई गैरकानूनी रुपमा गिरफ्तार गरी हिरासतमा राखिएको भन्दै रिहाईको माग गर्दै सरकारलाई विपक्षी बनाई नरेन्द्रबहादुर विकले अाइतबार रिट दर्ता गरेका थिए । रिटमाथि सुनवाईका लागि यही सोमबार कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासबाट ४८ घण्टाभित्र थुनामा राखिएका तीनै जनालाई अदालतमा उपस्थित गराउन सरकारको नाममा आदेश जारी भएको थियो ।
पार्टी कामको सिलसिलामा हेटौंडाबाट काठमाडौं आइरहेका बेला चोभारबाट साउन २२ गते साँझ साढे सातबजे सवार गाडीसहित सीआईबीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको करिब पन्ध्र घण्टापछि मात्र टेकुबाट २३ गते बिहान सार्वजनिक गरिएको थियो । त्यसदिन यता मात्र चाैथोपटक काठमाडाैं जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा राख्दै अाएको छ । गिरफ्तारपिछ पन्ध्र घण्टासम्म आँखामा कालो पट्टी र हत्कडी बाँधेर अज्ञात बनाइएको थियो । तीनै जनामाथि ‘चन्दा’ अभियोग लगाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु