प्रकाण्डलाई पुन : दुई दिन म्याद थप

२०७५ श्रावण ३० गते, बुधबार

काठमाडौं ३० साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई थप दुई दिन म्याद थप गरीएको छ । जिल्ला अदालत काठमाडौंबाट आज पुन दुइदिनको म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।
सर्वोच्च अदालतले गत सोमवार उहाँसहित तीन जनालाई ४८ घण्टा भित्र हिरासतमा राख्नुको कारण बन्दी सहित उपस्थित गर्न आदेश दिएको थियो । नरेन्द्र विकले आइतवार सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले यस्तो आदेश दिएको हो । गत २२ गते उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले गिरफतार गरेको थियो ।
त्यसपछि पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको थियो । आइतवार थप दुई दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले हिजो पुन एक दिनको म्याद थप गरेको थियो । साउन २२ गते साँझ काठमाडौँको दक्षिणकालीबाट प्रवक्ता प्रकाण्डसहित तीनजना प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु