प्रकाण्डलाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

२०७५ आश्विन १ गते, सोमबार

काठमाडौं , १ असोज । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता ‘प्रकाण्ड’लाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले बाटोको म्यादबाहेक तीन दिनभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित प्रकाण्डलाई सर्वोच्चमा पेश गर्न सरकारको नाममा आदेश भएको हो । गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक तरिकाले सरकारले थुनामा राखेको भन्दै तत्काल रिहाईको मागसहित प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।

प्रतिक्रियाहरु