प्रकाण्डद्वारा आम नेपालीको अपेक्षा र आकांक्षालाई एकीकृत जनक्रान्तिमार्फत पुरा गर्ने प्रतिबद्धता

२०७७ जेष्ठ ५ गते, सोमबार

काठमाडाैं, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले कोरोना भाइरसको महामारीले बिश्वब्यापी हजारौ जनताको ज्यान लिई राखेको , लाखौ जनता संक्रमित एबम् बिश्वस्तर मै आतंक सृजना गरि राखेको स्थिति , नेपालमा ३०४ जना संक्रमित र २ जनाको ज्यान गईसकेको घटना र लिपुलेकमा भारतीय साम्राज्यवादले सडक काण्ड घटाएर , नेपाली रास्ट्रियतामाथि पछिल्लो दख्खल गरेको बस्तु स्थितिले चिन्तित बनाएको बताउदै आम नेपालीको अपेक्षा र आकांक्षालाई एकीकृत जनक्रान्तिमार्फत पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
प्रवक्ता प्रकाण्डले आफुलाई जन्मदिनको शुभकामना दिने सबैलाई बिशेष धन्यवाद दिदै फेसबुक मार्फत सो प्रतिबद्धता गरेका हुन् । प्रवक्ता प्रकाण्डले फेसबुकमा लेखेका छन – “एकीकृत जनक्रान्तिको जारी प्रक्रिया , ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्धित गरेर दमन गरि राखेको अबस्था ,कोरोना भाइरसको महामारीले बिश्वब्यापी हजारौ जनताको ज्यान लिई राखेको , लाखौ जनता संक्रमित एबम् बिश्वस्तर मै आतंक सृजना गरि राखेको स्थिति , नेपालमा ३०४ जना संक्रमित र २ जनाको ज्यान गईसकेको घटना र लिपुलेकमा भारतीय साम्राज्यवादले सडक काण्ड घटाएर , नेपाली रास्ट्रियतामाथि पछिल्लो दख्खल गरेको बस्तु स्थितिले सबैभन्दा यिनै विषयहरुले चिन्तित , चिन्तन र क्रियाशील भै राखेको सन्दर्भमा हिजो जेठ ४ गते मेरो जन्मदिनको स्मरण स्थान मेरो दिमागमा रहेनछ । एकजना सहयोद्धा कमरेडले मलाई शुभकामना पठाएपछि मात्र याद भयो । उहालाई धन्यबाद भने । मलाई माया गरेर सम्झी जन्मदिनको शुभकामना दिने सम्पूर्ण महानुभाबहरु र सहयोद्धाहरुलाई स्वागतसहित धन्यावाद व्यक्त गर्दछु । आगामी दिनमा पनि यहाहरुको माया पाई रहने बिशेष अपेक्षा गरेको छु, साथै यहाहरुको अपेक्षा र आकांक्षालाई एकीकृत जनक्रान्तिमार्फत पुरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।”

प्रतिक्रियाहरु