प्रकाण्डको बन्दीप्रत्यक्षीकरण रिटमाथि बहस शुरु

२०७५ भाद्र २९ गते, शुक्रबार

काठमाडौं , २९ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको हकमा दर्ता बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस शुरु भएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी सरकारले प्रहरी हिरासतमा राखेको जनाउँदै रिहा गर्न मागसहित भाई विरेन्द्र विश्वकर्माले यसै हप्ता दायर गरेका रिटमाथि बहस शुरु भएको हो ।
गत साउन २२ गते पार्टी कामको सिलसिलामा हेटौंडबाट काठमाडौं आउँदै गर्दा फर्पिङ–बल्खु सडक खण्डअन्तर्गत टौदहनजिक चाल्नाखेलबाट गाडी, चालकसहित गिरफ्तार गरे यता अदालतको आदेशमा पटकपटक रिहा र पटकपटक गिरफ्तारीमा पर्दै आइरहेका प्रवक्ता प्रकाण्डलाई पछिल्लो पटक भोजपुर जिल्ला अदालतरिसरबाटै गिरफ्तारी अर्को अभियोगमा दाङ जिप्रका हिरासतमा राख्दै आएको छ । यसअघि विभिन्न अभियोगामा काठमाडौं, काभ्रे, नुवाकोट र भोजपुर घुमाइसकेका छन् ।
सर्वोच्चकै आदेशबमोजिम बहसमा उपस्थित गराउन प्रकाण्डलाई हिजै बुधबार दाङबाट आन्तरिक उडानमार्फत काठमाडौं ल्याइएको थियो । बन्दी प्रत्यक्षीकरण रिट यो चौथो पटक हो ।

प्रतिक्रियाहरु