प्रकाण्डको फेसबुक पेज दुरुपयोग भएको खुलाशा !

२०७६ श्रावण १९ गते, आईतवार

काठमाडौं , १९ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको फेसबुक पेज दुरुपयोग भएको खुलाशा भएको छ । प्रवक्ता प्रकाण्डको नाममा अनेकौ फेसबुक र पेज खोली आफ्ना स्वार्थ अनुकुलका सामाग्री पोस्ट हुन् थालेपछि यस्तो खुलाशा भएको हो । प्रवक्ता प्रकाण्डले फेसबुक पेजको दुरुपयोग गरेको भन्दै अबदेखि त्यस्तो हर्कत नगर्न कडा चेतावनी दिएका छन् । उनले आफ्नो फेसबुक पेजको दुरुपयोग भएको खुलाशा गर्दै ‘अपराधिक प्रवृत्तिका व्यक्तिले यो पेजको दुरुपयोग गरेको पाइएकोले अबदेखि त्यस्तो हर्कत नगर्न कडा चेतावनी दिइन्छ’ फेसबुक पेजमा स्टाटस लेखेका छन् । लामो समयदेखि प्रवक्ता प्रकाण्डको नामबाट थुप्रै नक्कली फेसबुक अकाउण्ट खोलेर पेजको दुरुपयोग गर्दै आइरहेको पाइएपछि उनले दुरुपयोग रोक्न र नकरोके कारवाही गर्ने चेतावनी दिएका हुन् । नक्कली पेज बनाएर अनधिकृत रुपमा ‘सूचना’ सामाग्री पोष्ट गर्ने क्रम बन्द नभएपछि उनले आफ्नो आधिकारिक पेजमार्फत दुरुपयोगकर्तालाई सचेत गराएका हुन् ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लबसहितका शिर्षस्थ नेताहरुको नाममासमेत नक्कली फेसबुक खोलिएको बुझिएको छ । नेकपा स्रोतले आफ्ना नेताको नाममा नक्कली फेसबुक खाता खोल्नेको पहिचान भै सकेको बताएको छ । उसले त्यस्तो अपराधिक हर्कत तत्काल रोक्न चेतावनी दिदै अन्यथा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रियाहरु