प्रकाण्डको गिरफ्तारीविरुद्ध उदयपुर बन्द

२०७५ भाद्र ३१ गते, आईतवार

काठमाडौं, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टीले प्रवक्ता प्रकाण्डलगायतका नेताहरुको गिरफ्तारीविरुद्ध आज उदयपुर बन्दको घोषणा गरेको छ । बन्दको कारण विहानैबाट यातायात, बजार, शैक्षिक संस्था बन्द छन् । प्रकाण्डलाई सर्वोच्च आदेशपछि पुनः गिरफ्तार गरी उदयपुर ल्याएको भन्दै नेकपा उदयपुरले जिल्ला बन्दको घोषणा गरेको हो ।
नेकपाका उदयपुर इन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले एक विज्ञप्ति जारी गरेर पार्टीका प्रवक्ता प्रकाण्डलाई पटकपटक सर्वोच्च अदालतको आदेशलाई लत्याउँदै अदालत परिसरबाट नै गिरफ्तार गरी विभिन्न जिल्लाहरुमा पुर्याउने श्रृंखला अन्तरगत उदयपुर प्रशासन ले गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् ।
“पार्टीका प्रवक्ता कमरेड प्रकाण्ड, केन्द्रीय सदस्य एवं सगरमाथा व्यूरो इन्चार्ज क. दिपेश राई, व्यूरो सदस्य कमरेड शैलेस र राकेश राईलाई झुट्टा मुद्दामा अन्य जिल्लाबाट गिरफ्तार गरी अदालतले रिहा गर्ने आदेशलाई लत्याएँदै अदालति परिसरबोटै ओली–दाहाल दाहालको ठाडो निर्देशनमा उदयपुर प्रहरी प्रशासनले पुनः गिरफ्तार गरी झुटा मुद्दामा फसाउने षड्यन्त्रले जिल्ला पार्टीलाई गम्भीर बनाएको छ” जारी विज्ञप्तिमा बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु