पोखरा विश्वविद्यालयमा अनियमितता गर्ने १४ जनालाई मुद्दा

२०७१ कार्तिक १२ गते, बुधबार

काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जथाभावी सम्बन्धन दिएको र भवन निर्माणमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका पोखरा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र पदाधिकारीसहित २४ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार पोखरा विश्वविद्यालयमा व्यापक आर्थिक भ्रष्टाचार भएको फेला परेकाले उपकुलपति प्रा. खगेन्द्र भट्टराई, रजिस्ट्रार मानबहादुर केसीसहित पूर्व तथा वर्तमान पदाधिकारी र कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको हो । अभियोगपत्रमा अख्तियारले विश्वविद्यालयको २ करेाड २४ लाख १६ हजार रुपैयाँ अनियमितता भएको जिकिर गरिएको छ ।विश्वविद्यालयका पदाधिकारीहरूसँग भ्रष्टाचार भएको रकमबराबर बिगो असुलउपर गर्न तथा सोही बराबर जरिवाना असुल गर्न अभियोगपत्रमा मागदाबी गरिएको छ । अख्तियारले भ्रष्टाचार निवारण्ा ऐनबमोजिम उनीहरूलाई जनही अधिकतम पाँच वर्षसम्मको कैद सजाय गर्न माग गरेको छ ।अख्तियारले गत साउन १५ देखि विश्वविद्यालयमा छानबिन थालेको थियो । अख्तियारको केन्द्रबाटै खटिएका र पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारीले लगातार एक साता विश्वविद्यालयमै बसेर कागजात नियन्त्रण्ामा लिई छानबिन गरेका थिए । बयानमा ३६ जनालाई बोलाइए पनि केहीलाई भने संलग्नता नदेखिएको भन्दै सफाइ दिइएको छ ।

विशेष अदालतमा मुद्दा दायर भएका विश्वविद्यालयका पदाधिकारीहरू र कर्मचारीहरु :

– प्रा. खगेन्द्र भट्टराई, उपकुलपति

– डा. इन्द्रप्रसाद तिवारी, तत्कालीन कार्यकारी परिषद् सदस्य तथा पूर्वडिन

– प्रा. डा. भवानीप्रसाद पाण्डे, तत्कालीन कार्यकारीपरिषद् सदस्य

– ज्ञानेश्वर शर्मा, तत्कालीन कार्यकारी परिषद् सदस्य

– चन्द्रमण्ाि पौडेल, तत्कालीन कार्यकारी परिषद् सदस्य

– ईश्वरचन्द्र बानियाँ, तत्कालीन कार्यकारी परिषद् सदस्य

– दीपकराज पौडेल, कार्यकारी परिषद् सदस्य

– डा. मानबहादुर केसी, रजिस्ट्रार

– हरिबहादुर खड्का, योजना महाशाखा प्रमुख

– यादव थापा, लेखा उपप्रशासक

– रवीन्द्रप्रसाद बराल लेखाका उपप्रशासक

– प्रा. डा. केशरजंग बराल, पूर्वउपकूलपति

– डा. ओमप्रकाश शर्मा, पूर्वरजिस्ट्रार

– सुरेशप्रसाद बाँस्तोला, विज्ञान तथा प्रविधि संकाय डिन

– डा. कण्र्ावीर पौडेल, व्यवस्थापन संकाय डिन तथा पूर्वपरीक्षा नियन्त्रक

– बलराम भट्टराई, परीक्षा नियन्त्रक

– पूण्र्ाचन्द्र शर्मा, कामु परीक्षा नियन्त्रक

– पदमबहादुर शाही, कन्सल्टेन्ट प्रमुख

– विनोदप्रसाद ढकाल, प्राविधिक शाखा प्रमुख

-होमबहादुर थापा, उपप्रशासक

-गोवर्द्धन भट्टराई, उपप्रशासक

-रामेश्वर भण्डारी, ठेकेदार

प्रतिक्रियाहरु