पेरुमा ७.१ म्याग्नेच्यूडको भूकम्प

२०७४ माघ १ गते, सोमबार

काठमाडौं, १ माघ । दक्षिण अमेरिकी मुलुक पेरुको दक्षिण पश्चिमी तटीय क्षेत्रमा ७.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने ६५ जना घाईते भएका छन् । धेरै भवनहरु ध्वस्त भएका छन् । स्थानीय समयअनुसार बिहान ४ः१८ मा जमिन मुनी ३६ किलोमिटर गहिराईबाट गएको भूकम्पको केन्द्र प्रशान्त महासागरमा रहेको अमेरिकी जियोलोजिक सर्भेले जनाएको छ । भूकम्पबाट एरेक्यूपा, इका, आयुचुचो लगायतका ग्रामिण क्षेत्र बढी प्रभावित भएका छन् । राजमार्गहरु भत्केकाले उद्धार र राहतमा प्रभाव परेको अधिकारीहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु