पेट्रोलिय पदार्थको मूल्यवृद्धि बिरुद्ध संघर्षको उदघोष

२०७५ बैशाख ५ गते, बुधबार

काठमाडौं, ५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलिय पदार्थको मूल्यवृद्धि बिरुद्ध संघर्षको उदघोष गरेको छ । उक्त पार्टीनिकट जनवर्गीय संगठनहरूले पेट्रोलिय पदार्थ लगायतमा गरेको मूल्यवृद्धि र तमाम जनविरोधी हर्कतको विरोध गरेकोका छन । सो पार्टीनिकट जनवर्गीय संगठनहरूले आज काठमाडौंको भोटाहिटीमा एक कार्यक्रम गरि मूल्यवृद्धि बिरुद्ध बिरोध जनाएका हुन् । सो बिरोध कार्यक्रममा बोल्दै जनवर्गीय संगठनका नेताहरूले वामपन्थी भनिएको ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि कडा आपत्ति जनाए । उनीहरुले पटक–पटक जनताका ढाड सेक्नेगरी गरेको मूल्यवृद्धिले जनताको जनजीवनमा प्रत्यक्ष नकारात्मक असर मात्र पारेको र दैनिक उपभोग्यवस्तु र सेवामा समेत कृत्रिम मूल्यवृद्धि गरी जनताको जनजीवन थप कष्टकर बनेको भन्दै सरकारको तिब्र आलोचना समेत गरे । यस अघि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, अखिल नेपाल किसान संघ (क्रान्तिकारी) की अध्यक्ष सविता सिंह, योङ रेड फोर्स, नेपालका अध्यक्ष बाबुराम राई, अखिल क्रान्तिाकरीका अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कार्यालय सदस्य गोकुल दाहाल, अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पेट्रोलिय पदार्थको मूल्यवृद्धिविरुद्ध विरोध गरेका थिए । उनीहरु वामपन्थी सरकारले जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको बताउँदै जनजीवनमा नकारात्मक असर पारेको बताएका छन् ।
यस बिषयमा उनीहरुले जारी गरेको विज्ञप्तिको पूर्ण बिबरण यस्तो छ –
वामपन्थी भनिएको ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पटक–पटक जनताका ढाड सेक्नेगरी गरेको मूल्यवृद्धिले जनताको जनजीवनमा प्रत्यक्ष नकारात्मक असर मात्र पारेको छैन कि दैनिक उपभोग्यवस्तु र सेवामा समेत कृत्रिम मूल्यवृद्धि गरी जनताको जनजीवन थप कष्टकर बन्दै गइरहेको छ । विगतदेखि नै राष्ट्रियता, जनजीविका र जनअधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आएका हामी जनवर्गीय संगठनहरूको तर्फबाट दलाल सरकारले गरेको मूल्यवृद्धिलगायत तमाम जनविरोधी हर्कतको कडा विरोध तथा घोर भत्र्सना गर्दछौँ ।
साथै, आम जनसमुदायलाई पनि सरकारको यस किसिमका जनविरोधी कार्यविरुद्ध उत्रन हार्दिक अपील समेत गर्दछौँ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु