पेट्रोल र डिजेलको भाउ बढ्यो

२०७६ मंसिर १७ गते, मंगलवार

काठमाडौं, १७ मंसिर । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ ।
अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले सोमबार सो वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । उनले आफूहरूले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर रु २० मूल्यान्तर रहेकामा रु १८ मूल्यान्तर हुने जनाए ।
मूल्य बढेसँगै पेट्रोलको प्रतिलिटर रु १०९ र डिजेल ९७ पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु