पेट्रोल र डिजेलको भाउ बढयो

२०७४ माघ ४ गते, बिहीबार

काठमाडौं , ४ माघ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल एवं मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको जनाएको छ । अब पेट्रोलको मूल्य बढेर प्रतिलिटर १०३ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ८१ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले भाउ बढाउनुपरेको निगमले जनाएको छ । यसअघि, पुस १७ गते पनि निगमले इन्धनको भाउ बढाएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु