पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

२०७६ जेष्ठ ३ गते, शुक्रबार

काठमाडौं, ४ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएकाे छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १ – १ रुपैयाँ मूल्य घटाइएकाे छ । काठमाण्डौको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार