पेट्रोल,डिजल र मट्टितेलको मुल्य बढ्यो

२०७६ जेष्ठ १६ गते, बिहीबार

काठमाडौं, १६ जेठ । नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टितेलको मूल्य बढाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार करको दायरा बढाए लगत्तै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटबाट पेट्रोल र डिजलमा प्रतिलिटर थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरेका थिए।
निगमले राति १० बजे मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य बढाएको हो। निगमका उपनिर्देशक विनितमणि उपाध्यायकाअनुसार बुधबार राति देखि पेट्रोलको मूल्य प्रति लिटर १११ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९८ रुपैयाँ ५० पैसा मूल्य कायम भएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार