पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता द्वन्द्वपीडित बेराेजगार संघ थबाङ्ग गठन

२०७७ असार २७ गते, शनिबार

काठमाडौं , २७ असार । जनयुद्ध कालमा जनमुक्ति सेना, कलाकार, कार्यकर्ताको रूपमा हरेक तह र निकायमा रही अा-अाफ्नाे क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका र हरेक ढंगले याेगदान गरेका द्वन्द्व पीडितहरुकाे सहि मुल्यांकन गरि सम्मान व्यवहार गरिनुपर्छ र उनीहरूकाे समस्या पहिचान गरि उचित तरिकाले व्यवस्थापन गरिनुपर्छ भन्दै थबाङ्गमा पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता द्वन्द्वपीडित बेराेजगार संघ थबाङ्ग राेल्पाकाे घाेषणा गरेका छन् । बिहीबार थबाङमा प्रदर्शनसहित एक अाैपचारिक कार्यक्रम गरि उक्त संघको घाेषणा गरेका हुन् ।
हितमन पुनको अध्यक्षतामा पूर्व जनमुक्ति सेना, कलाकार, कार्यकर्ता द्वन्द्वपीडित बेराेजगार संघ थबाङ्ग राेल्पा गठन गरिएको छ । उक्त संघको अायाेजनामा विभिन्न माग राखि हिजो वडा कार्यालयमा तालाबन्दी गरेर धर्ना समेत दिएका छन् । करिब दुई/ढाई सयकाे संख्यामा सहभागी भएर गाउँ परिक्रमा गरि यसअघि असार १९ गते थबाङ्ग गाउँपालिकामा बुझाएको ज्ञापनपत्र पूरा नगरेको भन्दै बिहीबार वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै थबाङ्ग गाउँपालिकाकाे कार्यालयमा धर्नासहित काेणसभा गरेकाे बताइएको छ ।

प्रतिक्रियाहरु