पूर्वी नेपालमा भारी बर्षा हुने सम्भावना

२०७२ असार १२ गते, शनिबार

काठमाडौ, १२ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि पूर्ण सक्रिय भएको मनसुन अझै केही दिन रहने भएको छ । आज पूर्व र मध्य क्षेत्रमा भारी वर्षा हुनेछ । मनसुन सुरु भएयताको पहिलो ठूलो र नियमित वर्षाले पूर्वी पहाडी भेगमा पहिरो तथा तराईमा बाढीको सम्भावना रहेको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ ।
बंगालको खाडीबाट पानीका कणयुक्त बादल हिजोदेखि नियमित नेपाल प्रवेश गरेपछि भारी वर्षाको सम्भावना औंल्याइएको हो । महाशाखाले मात्र नभई छिमेकी मुलुक भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले पनि बिहार, सिक्किम र पश्चिम बंगालमा भारी वर्षाको सम्भावना औंलाएको छ । मौसमविद समिर श्रेष्ठले आज दिउँसो र राति भारी वर्षाको सम्भावना रहेको बताउनुभयो । सामान्यतया जेठ २४ देखि असोज ६ गतेबीचको समयलाई मनसुन अवधि भनिन्छ।
यस अवधिमा वर्षको कुल वर्षाको ८० प्रतिशत पानी पर्छ। गत वर्ष ८७ प्रतिशत पनि यो अवधिमा ठुलो वर्षा भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु