पूर्वाञ्‍चल विश्‍वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी

२०७४ श्रावण ६ गते, शुक्रबार

काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले पूर्वाञ्‍चल विश्‍वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारीले अाफ्नो ९ बुँदे मागप्रति विश्‍वविद्यालय गम्भीर नभएको भन्दै शुक्रबार काठमाडौंस्थित सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हो । अखिल क्रान्तिकारीले विश्वविद्यालयमा देखिएको विकृति विसंगती, गैरजिम्मेवारपूर्ण कार्य समाधानको माग गर्दै साउन १ गते ९ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो ।
संगठनका पूर्वाञ्‍चल विश्‍वविद्यालयका संयोजक भिष्मकुमार शाहीले अाफूहरुले समस्या समाधानो लागि तीन दिने अल्टिमेटम दिएको बताउँदै वार्ता र संवादबाट समस्या समाधन गर्नेतिर विश्‍वविद्यालय पदाधिकारी कुनै चाँसो नदेखाएका कारण अाफूहरु तालाबन्दी गर्न बाध्य भएको बताएका छन् । विश्‍वविद्यालय गम्‍भीर नभए यो भन्दा कडा संघर्षको कार्यक्रममा जाने शाहीले चेतावनी समेत दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु