पूर्वाञ्चल विश्वविद्यालयलाई ७२ घण्टे अल्टिमेटम

२०७४ श्रावण २ गते, सोमबार

काठमाडौं , १ साउन । नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पूर्वाञ्चल विश्वविद्यालयलाई माग पूरा गर्न ७२ घण्टाको अल्टिमेटम दिएको छ । क्रान्तिकारीको पूर्वाञ्चल विश्वविद्यालय क्षेत्रीय समन्वय समिति क्षेत्रीय समन्वय समितिले विश्वविद्यालयको उपकुलपति तथा रजिष्ट्रारको कार्यालय विराटनगरमा माग पत्र बुझाउँदै सो अल्टिमेटम दिएको हो । पत्रमा ९ बुँदे माग पेश गरिएको छ । समितिका संयोजक भीष्मकुमार शाहीको नेतृत्वमा गएको टोलीले रजिष्ट्रारको कार्यालयमा मागपत्र बुझाउँदै पछिल्लो समयमा कलेज संचालक र पदाधिकारीले मनोमानी रुपमा शुल्क वृद्धि तथा छात्रावृत्तिलाई अपारदर्शी ढंगले वितरण जस्ता गलत हर्कत गरेको भन्दै तत्काल रोकेर विगतका सम्झौता अक्षरसः पालना गर्न माग गरेको छ ।
विश्वविद्यालय र क्रान्तिकारीसँग २०७२ पौष १४ गते भएको सम्झौता कार्यान्वयन नगरेको र मापदण्ड–पूर्वाधार पूरा नभएका कलेजलाई सम्बन्धन दिएर गैरकानूनी गतिविधि गरेको विषयलाई पत्रमा उल्लेख गरिएको छ । गैरकानूनी गतिविधि तत्काल राेक्न चेतावनी दिइएकाे छ ।
मनोमानी शुल्क वृद्धि, यसअघिका सहमति अक्षरसः कार्यान्वयन गर्नुपर्ने, स्वस्थ प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्नुपर्ने, काठमाडौंमा डिपुटी कन्ट्रोलर स्थापना गर्नुपर्ने, मापदण्डविपरीत संचालित कलेज खारेज गरेर विश्वविद्यालय शिक्षालाई गरिब र असहायको पहुँचमा पुर्याउनुपने, छात्रावृत्तिको बहानामा पैसा उठाउने कलेजको सम्बन्धन खारेज गर्नुपर्ने, छात्रावृत्तिलाई अनिवार्य र पारदर्शी बनाइनुपर्ने, सेमेस्टर प्रणालीको परिक्षाफल २ महिना र वार्षिक परिक्षाफल ३ महिनाभित्र तथा अनलाइन इन्ट्रान्स परिक्षा व्यवस्थित र इलाइब्रेरीको व्यवस्था गर्नुपर्नेलगायत माग पेश गरिएको छ ।
प्रस्तुत माग पूरा गरेर विश्वविद्यालयको विकास र उन्नति हुने विश्वास संयोजक शाहीले लिएका छन् । पत्रको बोधार्थ शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगलाई समेत दिइएको छ ।
नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पूर्वाञ्चल विश्वविद्यालयलाई पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति तथा रजिष्ट्रारको कार्यालयमा बुझाएको माग पत्र यस्तो छ –

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु