पूर्वप्रधानमन्त्री भट्टराईमाथि जुत्ता प्रहार

२०७३ मंसिर २३ गते, बिहीबार

काठमाडौँ, २३ मंसिर । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पस नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीका लागि आज आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराईमाथि जुत्ता प्रहार भाएको हो । भट्टराई सो कार्यक्रममा प्रमुख अतिथि थिए ।
भट्टराईमाथि जुत्ता प्रहार गर्ने विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका छात्र सञ्जिव भट्टराई छन् ।
भट्टराईलाई ताकेर भट्टराईले जुत्ता प्रहार गरे पनि लाग्न पाएन । त्यसपछि उनले कालो झन्डा देखाउँदै बाबुरामविरुद्ध नाराबाजी गरेको प्रत्यक्षदर्शी विद्यार्थीहरूले बताए । घटनालगत्तै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बगरको हिरासतमा राखेको छ । जुत्ता प्रहारले केहीबेर बिथोलिए पनि स्वागत कार्यक्रम पुन: सञ्चालन भएको थियो । घटना भएको र भट्टराईलाई नियन्त्रणमा लिइएको इप्रका बगरका प्रहरी निरीक्षक किशोर लम्सालले पुष्टि गरेका छन ।

प्रतिक्रियाहरु