पूर्वप्रधानमन्त्रीद्वारा नयाँ पार्टी खोल्ने घोषणा

२०७६ भाद्र २८ गते, शनिबार

काठमाडाैँ, २८ भदाै । टर्कीका पूर्व प्रधानमन्त्री अहमेत डेभुतोग्लुले नयाँ पार्टी खोल्ने घोषणा शुक्रबार गरेका छन । उनले त्यसलाई वर्तमान चुनौतीहरू विरूद्धको नयाँ राजनीतिक आन्दोलनको संज्ञा दिएका छन । उनको आन्दोलन वर्तमान राष्ट्रपति तथा आफ्नै पूर्व मित्र रेसेप तैयप एर्दोगान विरुद्ध हुने देखिएको छ । राष्ट्रपति एर्दोगानविरुद्ध पछिल्ला केही महिना आफ्नै पूर्व मित्रहरू उत्रिने क्रम चलिरहेको छ । टर्कीको सत्ताधारी दल ‘जस्टिस एण्ड डेभलपमेन्ट’ पार्टीमा राष्ट्रपति एर्दोगानले स्वतन्त्रता, न्याय र अर्थतन्त्रको लागि राम्रो भूमिका नखेलेको नेताहरूको आरोप छ ।
“देशको हितका लागि हामीले ऐतिहासिक जिम्मेवारी र दायित्व बहन गर्नुपर्ने आवश्यकता सिर्जना भएकाले नयाँ अभियान चलाउन लागिएको हो,” डेभुतोग्लुले भने । उनि यसअघि पार्टीको अध्यक्ष र विदेश मन्त्री भइसकेका छन । त्यसपछि प्रधानमन्त्री बनेका हुन् । -एजेन्सी

प्रतिक्रियाहरु