पुष १० गते खण्डग्रास सूर्य ग्रहण

२०७६ पुष ३ गते, बिहीबार

काठमाडाैँ, ३ पुष । आउदो पुष १० गते यस वर्षकाे अन्तिम सूर्य ग्रहण- खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । नेपाली समय अनुसार बिहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहण असरकारक हुने ज्योतिषी दीपक सुवेदीले बताए । ज्यो. सुवेदीले यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने बताए । यसै पनि ग्रहण संक्रमणकारक हुने बताउँदै उनले भने , ‘सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै, त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरीत फलको भय हुनसक्ने देखिन्छ ।’
ग्रहण अवधिभरि अन्न, जल तथा भाेजन ग्रहण गर्न नहुने, स्नान गर्न नहुेन, याे शुरू हुनभन्दा पहिला र अन्त्य भैसकेपछि मात्र स्नानादि गर्नुपर्ने ज्याेतिष शास्त्रकाे मत छ । साथै नांगाे आँखाले ग्रहण हेर्न हुँदैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु