पुलित्जर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई प्रदान

२०७५ बैशाख ४ गते, मंगलवार

काठमाडौं, ४ बैशाख । यस वर्षको पुलित्जर पुरस्कार हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टानमाथि लागेको यौन उत्पीडनको आरोपको रिपोर्टिङका लागि द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई सयुक्त रुपमा प्रदान गरिएको छ । पुलित्जर पुरस्कार अमेरिकी पत्रकारिता क्षेत्रमा सबैभन्दा प्रतिष्ठित सम्मान मानिन्छ । यो पुरस्कार सन् १९१७ मा सुरु गरिएको थियो ।
फिल्मी दुनियाँका महत्वपूर्ण व्यक्तित्व वाइन्सटानमाथि विभिन्न महिला र अभिनेत्रीले यौन उत्पीडन र बलात्कारको आरोप लगाएका छन् । तर उनले भने सहमति मै आफूले महिलाहरुसँग सम्बन्ध राखेको दाबी गर्दै आएका छन् । हार्वी वाइन्सटाइन विरुद्धको समाचारले विश्वभर सामाजिक संजालमा मी टु अभियान सुरु भएको थियो । जसका कारण महिलाले कार्यस्थल र अन्य ठाउँमा हुने यौन उत्पीडनको घटनाको अनुभवलाई साझा मुद्दा बनाएका थिए । ६६ वर्षिय वाइन्स्टाइनमाथि विभिन्न मुद्धा दायर गरिएको छ । लण्डन, न्यूयोर्क र लस एन्जलस्का प्रहरीले उनी विरुद्ध जाँच गरिरहेका छन् । यस्तै सन् २०१६ मा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको रिपोर्टिङका लागि वाशिंटन पोष्ट र न्यूयोर्क टाइम्स्लाई संयुक्त रुपमा खोजी पत्रिकारिता पुरस्कार प्रदान गरिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु