पुर्व गोर्खाको हितमा स्किल्स एण्ड केयर

२०७२ जेष्ठ २७ गते, बुधबार

लण्डन । बेलायतको साउथ इष्ट लण्डनस्थित स्किल्स एण्ड केयर नामक परोपकारी संस्थाले स्थानीय पुर्व गोर्खाहरुको हितका लागि शुरु गरेको अंग्रेजी भाषा कक्षाले उनीहरुको क्षमता अभिबृद्धिमा सहयोग पु¥याएको सहभागिहरुले बताएका छन् । नेपालबाट आउंदा केहि बोल्न तथा हिड्न पनि असमर्थ थियौं, सहभागि कमला तुलाचनले अंग्रेजको देशमा आएर व्यवहारीक कुराहरु सिक्न पाएको बताइन ।
अस्पताल, जीपी, जांदा धेरै समस्या भोग्नुपरेकोले अंग्रैजी भाषा सिक्न आफुहरु यहां आएको उनले जानकारी दिइन ।
अंग्रेजी भाषा कक्षमा सहभागिहरुले आफुहरुले आफ्नो नाम लेख्न, सामान्य किनमेल गर्न र बेलायतमा बसोबास गर्ने स्थानको बारेमा अरुलाई जानकारी दिन सक्षम भएको बताएका थिए ।
अंग्रेजी भाषामा केहि सुधार भएकाहलाई भने कम्प्युटरमा आफ्नो क्षमताा अभिबृद्धि गर्ने माध्याम पनि स्किल्स एण्ड केयरले दिएको छ । प्रतेक हप्ताको एक दिन आइतबार उनीहरु भाषा कक्षा अध्यायनमा सहभागि हुन्छन् । करीब दुईबर्ष अघिदेखि उनीहरुले शुरु गरेको कक्षाबाट धेरै व्यवहारीक कुराहरु सिक्ने अवसर पाएका छन् ।
स्किल्स एण्ड केयरका एकजना सञ्चालक फत्त थापाले स्किल्स एण्ड केयर युकेले रोयल बरो अफ ग्रिनवीच र चाल्र्टन एथलेटिक्स ट्रष्ट संगको सहकार्यमा पुर्व गोर्खा तथा तिनका परिवारहरुलाई आधारभुत शिक्षा दिइएको जानकारी दिए ।
नेपालबाट भर्खर बेलायत आएका पुर्व गोर्खाहलाई सरकारी सुविधा तथा स्थानीय क्षेत्रमा पाइने सेवाको बारेमा जानकारी दिन र स्थानीयहरुसंग घुलमिल हुन केहि सहज होस भन्ने हेतुले अंग्रेजी कक्षा शुरुवात गरिएको बताए ।
कार्यक्रमका भोलिण्टीयर याम बहादुर गुरुङले नाम पनि भन्न नसक्ने अवस्थामा रहेका बृद्धबृहद्धाहरुले आफ्नो नाम, जीपीको नाम, घरको ठेनाना लगायतका कुराहरु सिकिरहेको बताएका थिए ।
उक्त अवसरमा सहभागि पुर्व गोर्खा तथा तिनका परिवारहरुले आफुहरुले अंग्रेजी भाषा कक्षाबाट थोरै भएपनि व्यवहारीक ज्ञान आर्जन गरेको र यसले दैनिक जीवनमा सहयोग पु¥याएको बताएका थिए ।
स्थानीय व्यवसायी फक्त थापा र कुनै जमानाका चर्चित गायक विवेक श्रेष्ठको सक्रियतामा स्थापित स्किल्स एण्ड केयर युकेले स्थानीय युवायुवतीहरुलाई लक्षित गर्दै नेपाली संगित तथा गित संगितको कक्षा पनि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रियाहरु