पुरातात्विक देवलहरु संरक्षणको पर्खईमा

२०७४ पुष १३ गते, बिहीबार

काठमाडौं, १३ पुस । डडेल्धुराका पुरातात्विक देवलहरु संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । १४औं शताब्दीमा पश्चिमका नायवी मल्लकालिन राजाहरुले निर्माण गराएका कला कौशलयुक्त देवलको उचित संरक्षण नहुँदा संरचनाहरु विस्तारै जीर्ण बन्दै गएका छन् । कतिपय देवलहरु पुरातात्विक र इतिहास बोकेका भए पनि तिनीहरुको संरक्षण हुन सकेको छैन । डडेल्धुराको प्रसिद्ध भगवती डागेश्वरी देवीको मन्दिर क्षेत्रमा रहेका यस्ता देवलको संरक्षण गर्न सके आन्त्रिक तथा बाह्य पर्यटक पनि आउने र यसले यस क्षेत्रको समग्र जीवनशैलीमा परिवर्तन आउने अजयमेरु गाउँपालिका वडा नं. ५ देवल दिव्यपुरका खगीसिंह खड्का बताउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु