पुन: हिउँ र पानी पर्ने सम्भावना

२०७६ पुष २८ गते, सोमबार

काठमाडाैं, २८ पुष । मौसम पूर्वानुमान महाशाखाको अनुसार गत शुक्रबारबाट रोकिएको हिउँदे झरी आजबाट फेरि सुरु हुनेछ । पश्चिमी वायुको प्रभाव सक्रिय भएकाले पुन: झरी सुरु हुने भएको हो । महाशाखाको अनुसार आज पश्चिमका पहाडी र हिमाली भूभागमा हिउँ र पानी पर्ने सम्भावना रहेको छ भने पूर्वका पहाडी भू-भाग सामान्यतया सफा नै रहने र तराईका भूभागहरुमा भने हुस्सु लाग्ने सम्भावना रहेको छ । सोमबार रातिबाट सुरु हुने उक्त वायुको प्रभाव बिहीबार र शुक्रबार झरी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव मंगलबार बेलुकासम्म देखिने हुनाले पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भने बुधबारदेखि फेरि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ । पश्चिमी वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनअघि भएकाे वर्षा शुक्रबारबाट मात्रै राेकिएकाे थियाे ।

प्रतिक्रियाहरु