पुनःनिर्माणमा पाँच सय इन्जिनियर

२०७२ जेष्ठ ११ गते, सोमबार

काठमाडौँ, १० जेठ । नेपाल इन्जिनियर्स एसोसिएसनले भूकम्पबाट भत्किएका घर पुनःनिर्माणको परामर्श दिन पाँच सय इन्जिनियर खटाउने भएको छ ।
यसअघि भत्केका घर निरीक्षणका लागि स्वयम्सेवीका रुपमा खटिएका इन्जिनियर अब मर्मतको परामर्श दिन खटिन लागेका हुन् ।“पहिलो चरणमा बस्न हुने÷नहुने घर र तिनको जोखिम बारेमा सुझाव दियाँै, दोस्रो चरणमा बिग्रे भत्केका घर निर्माणमा सुझाव दिन्छाँै”, एसोसिएसनका महासचिव किशोर झाले बताए ।बस्न नहुने र जोखिमयुक्त भनिएका सबै घर भत्काउनुपर्दैन, नभत्काइकन बनाउने उपायका बारेमा उनीहरुले परामर्श दिने उनले जानकारी दिए । एसोसिएसनले आफ्ना स्वयम्सेवक इन्जिनियरलाई विदेशी विज्ञसहितको टोलीमार्फत अभिमुखीकरण तालिम दिइरहेको उनले बताए ।
एसोसिएसनका स्वयम्सेवकले हालसम्म ४५ हजार ३८ घरको निरीक्षण गरिसकेका छन् । आफूहरुले निरीक्षण गरेका घरमा मौखिक सुझाव मात्रै दिइएको, स्टिकर नटाँसिएको एसोसिएसनले स्पष्ट पारेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार