पुटिनद्वारा किम जोङको प्रशंसा

२०७४ पुष २८ गते, शुक्रबार

काठमाडौँ, २८ पुस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको प्रशंसा गरेका छन् । अमेरिकाले उत्तर कोरियाली नेताको लगातार आलोचना गरिरहँदा रुसी राष्ट्रपति पुटिनले भने खुलेर प्रशंसा गरेका हुन् । पुटिनले उत्तर कोरियाली नेता किमलाई एक सक्षम र परिपक्व नेता भनेर प्रशंसा गरेका छन् ।
कोरियाली प्रायद्वीपमा तनाव कम गर्नका लागि उत्तर कोरियाली नेता किमले गरेको प्रयास प्रशंसनीय रहेको रुसी राष्ट्रपति पुटिनको भनाइ छ । उत्तर कोरियासँग परमाणु अस्त्र र वैश्विक स्तरमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र रहेको चर्चा गर्दै पुटिनले भने, ‘यसका बाबजुद उत्तर कोरियाली नेता किमले तनावको स्थितिलाई सुल्झाउन गरेको प्रयास प्रशंसनीय छ ।’ पुटिनले हालै उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको वार्तालाई सकारात्मक रुपमा आफूले लिएको पनि बताए । –
एजेन्सी

प्रतिक्रियाहरु