पिडामा प्रचण्ड

२०७१ फाल्गुन ९ गते, शनिबार

काठमाडौँ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपूm पीडामा रहेको संकेत गरेका छन् । कांग्रेस–एमालेले बहुमतको दम्भ देखाइ प्रचण्डलाई सिध्याउन खोजे पछि उनले यस्तो प्रलाप गरेका हुन् । यही पीडा उद्घोष गर्ने क्रममा प्रचण्डले आपूmलाई ज्यानको खतरा रहेको बताएका छन् । उनले शुक्रबार बिहानै आपूmलाई ज्यानको खतरा रहेको सूचना आएको दाबीसमेत गरेका छन् । राजधानीमा प्राध्यापक र इन्जिनियरहरुले गरेको अन्तरक्रियामा दाहालले शुक्रबार बिहान मात्रै ‘प्रतिगामीहरुले आपूmलाई सिध्याउने तानाबाना बुनेको खबर पाएको’ बताए । ‘राम्रो काम गर्दा वीपीलाई जेल पठाइएको र मदन भण्डारीलाई दुर्घटनामा पारेर मारिएको’ भन्दै उनले ‘शक्ति केन्द्रहरु आपूmलाई पनि भौतिक रुपमै सिध्याउने खेलमा लागेको’ आरोप लगाए । अध्यक्ष दाहालले कांग्रेस–एमालेले बहुमतको दम्भ देखाइरहे संविधानसभामा नफर्कने समेत स्पष्ट पारे । शुक्रबारै नेवाः राज्य समितिले राजधानीमा गरेको कार्यक्रममा दाहालले कांग्रेस–एमाले सहमतिमा नआए छुट्टै प्रदेशसभाको घोषणा गर्ने बताए । उनले संविधानसभा उपाध्यक्षको अध्यक्षतामा बैठक राखेर सडकबाटै नयाँ संविधान जारी गर्ने चेतावनी समेत दिए ।
यसैबीच, एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी मोर्चाले शक्ति प्रदर्शनसँग जोडेको फागुन १६ को जनसभामा करिब दश लाख मान्छे राजधानी उतार्ने योजना बनाएको छ । त्यसका लागि एमाओवादीको भागमा मात्रै पाँच लाख मानिस परेको छ । ३० दलीय मोर्चामा रहेका अन्य घटक पार्टीहरूले पाँच लाखकै हाराहारीमा मानिस उतार्ने विश्वास गरिएको छ । आफ्नो जिम्मामा रहेको पाँच लाखका लागि एमाओवादीले काठमाडौं आसपासका जिल्लाका आफ्ना पार्टीका सबै सदस्य र शुभचिन्तकलाई सभामा अनिवार्य सहभागी गराउने भएको छ । त्यस्तै अन्य जिल्लाबाट सबै जिल्ला सदस्य, पूर्वराज्य समिति सदस्यहरू, सल्लाहकार सदस्यहरू, परिषद््, जनवर्गीय संगठनका पदाधिकारीहरूलाई सभामा अनिवार्य सहभागी हुन उर्दी नै जारी गरेको छ । उसले सहभागी नहुने सदस्यसँग स्पष्टीकरण लिनेदेखि कारवाही नै गर्नेसम्म आक्रामक योजना बनाएको छ । यता पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले समेत ३० दलीय मोर्चाको सभालाई सघाउने हुँदा उपत्यकाबाट ठूलो समुदाय सभामा सहभागी हुने एमाओवादीको दावी छ ।
यसैगरी, जनसभामा सहभागिता ठूलो बनाउन अहिले मोर्चामा आबद्ध सबै पार्टीका प्रमुख नेताहरू जिल्ला–जिल्लामा गएका छन् । उनीहरू कतै आन्तरिक कार्यक्रम त कतै मोर्चाको कार्यक्रममार्फत् सत्तारूढ दलको भन्डाफोर र १६ फागुनको तयारीमा जुटिरहेका छन् । डा. बाबुराम भट्टराईले पश्चिम कमाण्डअन्तर्गतका महत्पूर्ण ठाउँमा पुगेर एकसरो प्रशिक्षण र आन्दोलनको बारेका नागरिक समाज, उद्योगी, व्यवसायी र पत्रकारहरूलाई जानकारी गराउन भ्याइसकेको छन् । संविधानसभामा अवरोधबीच प्रश्नावली समिति गठन भएको अर्काे दिन १२ माघमा ३० दलीय मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । त्यसैअनुसार मोर्चाले नेताहरूलाई जिल्ला पठाएको हो । पहिलो चरणको भन्डाफोर तथा खबरदारी अभियानमा मोर्चाले १२–२० माघमा आ–आफ्ना पार्टीको बैठक र आन्दोलनको तयारी गर्ने कार्यक्रम बनाएका थियो । २१–२९ माघमा गाऊँ–नगर तथा निर्वाचनन क्षेत्र स्तरीय अन्तरक्रिया, सभा, भित्तेलेखन, पर्चा वितरण, अन्य विभिन्न प्रकारका भन्डाफोर तथा खबरदारी कार्यक्रम स्थानीय आवश्यकताअनुसार सञ्चालन गर्ने तय भएको थियो । १–१० फागुनमा जिल्लास्तरीय धर्ना, घेराउ, जनप्रदर्शन, सभा तथा १६ फागुनमा काठमाडौंमा जनप्रदर्शन तथा सभा गर्ने निर्णय यसअघि नै भएको थियो । दाश्रो चरण १७ फागुनदेखि १५ चैतसम्म सशक्त ‘क्रियात्मक’ आन्दोलन गर्ने र यसको ठोस कार्यक्रम पहिलो चरणपछि सार्वजनिक गरिने मोर्चाले जनाएको थियो । तेस्रो चरणमा १६ चैतदेखि निर्णायक आन्दोलन गर्ने मोर्चाले तय गरेको थियो । दोश्रो चरणको कायक्रममा १७ फागुनदेखि १५ चैतसम्म विभिन्न प्रकृतिका सशक्त क्रियात्मक आन्दोलन सञ्चालन गर्ने मोर्चाले जनाएको छ । क्रियात्मक कार्यक्रम कस्तो प्रकारको हुन्छ भन्ने नखुलाइए पनि प्रतिरोधात्मक गर्ने तयारी मोर्चाको छ । मोर्चाका एक नेताका अनुसार दोश्रो चरणमा सरकारी कार्यालय बन्द, चक्काजाम, हडताल तथा नाकाबन्दीसम्मका कार्यक्रम हुनेछन् ।
विपक्षी ३० दलीय मोर्चामा संविधानसभामा रहेका १९ र बाहिरका ११ दल छन् । उनीहरूले १२ बुँदे समझदारी र जनआन्दोलनका सहयात्रीबीचको सहमतिमा संविधान जारी गर्नुपर्ने अडान राख्दै आएका छन् । विपक्षी मोर्चाका सभासद्हरू सत्तारुढ पार्टीको दम्भका कारण संविधान बन्न नसकेको भन्दै निर्वाचन क्षेत्रमा खटिएका छन् । जनतालाई माघ ८ मा संविधान नबन्नुको कारणबारे जानकारी गराउन र सुझाब लिन सभासद्हरूलाई गाउँ पठाउने मोर्चाको औपचारिक निर्णय नै थियो । आन्दोलनका लागि भन्दै विपक्षी सभासदहरूले २०–२० हजार रुपैयाँ समेत उठाएको बताइएको छ ।

प्रतिक्रियाहरु