पास्नीको भोज खाँदा ३७ जना बिरामी

२०७६ असार १४ गते, शनिबार

काठमाडौं, १४ असार । पास्नीको भोज खादाँ ३७ जना बिरामी परेका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं ५ चिसापानीमा
स्थानीय बाबुलाल मिजारको नातिनीको असार १२ गते गरिएको पास्नीको भोज खादाँ सोही दिनको बेलुकाबाट बिरामी पर्न थालेका हुन् । निको नभएपछि केहीलाई गाउँमै उपचार गराइएको छ भने केही गजुरीमा ल्याइएको छ । रिङगटा लाग्ने, ज्वरो आउने, पेट पोल्ने, वाकवाकी लाग्ने समस्या भएपछि २३ जनालाई गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याई उपचार भइरहेको छ भने १४ जनाको भने गाउँमै स्वास्थ्यकर्मी बोलाएर उपचार भइरहेको बुझिएको छ ।

प्रतिक्रियाहरु