पाल्पा महोत्सव फागुन १ देखि

२०७१ माघ १४ गते, बुधबार

काठमाडौं । आउँदो फागुन १ देखि १० गतेसम्म पाल्पा महोत्सव हुने भएको छ । महोत्सवको आयोजक पाल्पा उद्योग वाणिज्य संघले आइतबार तानसेनमा पत्रकार सम्मेलन गरी तयारी तिब्र पारिएको जानकारी दिएको छ । तीन सय भन्दा बढी स्टल रहने मेलाको तीन लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष राजु मर्हजनले बताए ।
महोत्सवमा स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा वनजन्य उत्पादको प्रदर्शनी तथा बिक्रि वितरणका स्टल, पाल्पाका कृषि तथा वनजन्य उत्पादनको छुट्टै स्टल, एक गाउँ एक उत्पादन ओभिओपी अदुवा कार्यक्रमको छुट्टै स्टल रहने आयोजकले बताएको छ ।
महोत्सवले जिल्लाको आर्थिक, सामाजिक विकासमा टेवा पुग्नुका साथै कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धन, ऐतिहासिक र सांस्कृतिक पहिचानको प्रचार प्रसार गरी आन्तरिक पर्यटक अभिवृद्धि गर्न सहयोग गर्ने संघका महासचिव भीमसेन कार्कीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार