पाल्पामा पनि प्याराग्लाइडिङ

२०७५ माघ १ गते, मंगलवार

काठमाडौं, १ माघ । पाल्पाको रामपुर नगरपालिका–७ को बाहुनडाँडा र पूर्वखोला गाउँपालिका–१ सिलुवाको लोस्दीबाट परीक्षणका रुपमा १६ प्याराग्लाइडिङ उडान गरिएको छ । पहिलो उडान बााहुनडाँडाबाट थालेर किसानबारी खेलमैदानमा अवतरण गराइएको थियो । दोस्रो उडान सिलुवाको लोस्दीबाट थालेर मटेरी ठूलोटारमा अवतरण गराइएको थियो । गिनिज बुकमा नाम रेकर्ड गर्न सफल सानुबाबु सुनुवारको नेतृत्वमा प्याराग्लाइडिङ उडान गरिएको हो । छब्बीस जिल्लामा प्याराग्लाइडिङ उडान गरिसकेका सुनुवारले नयाँ ठाउँ खोजी गर्ने क्रममा बाहुनडाँडा र सिलुवाको लोस्दीलाई छनोट गरिएको बताए। “यहाँ एक हजार २६६ मिटर उडेर लगभग तीन हजार मिटर माथिसम्म जान सकिने सम्भावना छ,” उनले भने, “यहाँबाट उडेर तराई र हिमालको काखसम्म पुग्न सक्ने सम्भावना छ ।”
रामपुरमा प्याराग्लाइडिङको सफल उडानपछि रामपुरवासी खुशि भएका छन् । प्याराग्लाइडिङ उडानकै कारण गाउँको विकास हुने उनीहरुको आशा छ । विकास निर्माण नहँदा यहाँ बसाइँसराइका कारण बस्ती पातलिँदै गएको छ । अब छिट्टैनै प्याराग्लाइडिङ सञ्चालनको काम अगाडि बढाउन थालेपछि पुनःबस्ती भरिने वडा नं ७ का वडाध्यक्ष तीर्थप्रसाद पँगेनी बताउछन् ।

प्रतिक्रियाहरु