पार्टी पुनस्र्थापना दिवस र आगामी कार्यभार – ओमप्रकाश पुन

२०७५ मंसिर ९ गते, आईतवार

अहिले हामीले देशभर पाँचौँ पार्टी पुनस्र्थापना दिवस भब्यतापूर्वक मनाइरहेका छौँ । पार्टीले संचालन गरेको संगठन सुदृढीकरण तथा बिस्तार अभियानको पहिलो समापनको अन्तिम सातालाई पार्टीले पार्टी पुनस्र्थापना दिवस मनाउने निर्णय गरेबमोजिम मंसिर पहिलो हप्तालाई पार्टी पुनस्र्थापना सप्ताहको रूपमा हामीले मनायौँ । यसको आफ्नै मौलिक एवं रणनीतिक महत्व छ । जसलाई निम्न तथ्यहरूमा हेर्न आवश्यक छ ।
विभाजन र पुनर्निर्माणका सामान्य शृङ्खला–
१) २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको गठन वा स्थापना भएयताको सात दशक लामो अवधिमा प्रचलित भाषामा फुट, बिभाजन वा गठन, विघटन जे भने पनि विभिन्न चरणमा नयाँ ढंगले पार्टी पुनस्र्थापनाका प्रयासहरू हुँदै आएका छन् । यी प्रयासहरू पार्टीको मूल धाराले बिचलन वा बिघटनको बाटो समाएपछि भएका छन् ।
२) यसमध्ये (यहाँ सबैको अगाडि नेकपा छ) चौथो महाधिवेशन, माले, मशाल, एकता केन्द्र, एमाले, (माओवादी), एमाओवादी, ड्यास माओवादी, माओवादी हुँदै हाल नेपाल कम्युनिस्ट पार्टीको पुनर्निर्माण वा पुनस्र्थापनासम्म आउँदाका घटना प्रक्रियाहरू बिचार राजनीतिक हिसाबले धेरै महत्वपूर्ण छन् ।
३) यसमा दक्षिणपन्थी बिचलनको हिसाबले एमाले, एमाओवादी र हालको डबल नेकपा पुनस्र्थापनाको परिघटना नेपाली कम्युनिस्ट आन्दोलनको महापतन नै हो भने मालेमावादी बिचार बिकासको हिसाबले चौम, एकता केन्द्र, (माओवादी), ड्यास माओवादी हुँदै हालको नेकपा पुनस्र्थापनाको परिघटना र प्रयत्न नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी महाउत्थान हो ।
४) नेपाली कम्युनिस्ट आन्दोलनमा चौम पुनर्निर्माणको प्रयास भनेको क्रान्तिकारी बिचार निर्माण र बिकासको पहलकद्मी थियोे । एकता केन्द्र पुनर्निर्माणको प्रयास भनेको क्रान्तिकारी बिचारको बिस्तार र प्रयोगको तहमा उठाउने पहलकदमी थियो । (माओवादी) पुनर्निर्माणको प्रयास भनेको क्रान्तिकारी बिचारलाई प्रयोगमा लिने पहलकदमी थियोे । जसले दस बर्षे जनयुद्धको कुशलतापूर्वक नेतृत्व ग¥यो । ड्यास माओवादी पुनर्निर्माणको प्रयास भनेको क्रान्तिकारी आन्दोलनलाई निरन्तरतामा लिएर क्रान्ति पूरा गर्ने कि आत्मसमर्पण गरेर पछि फर्किने भन्ने पहलकदमी थियोे र ड्यासको पुनर्गठनले निरन्तर क्रान्तिको पहलकदमी लियो । ड्यास पछि माओवादी हुँदै नेकपाको पुनस्र्थापनासम्म आउँदा एकीकृत जनक्रान्तिको नवीन बिचार र नेतृत्वसहित क्रान्तिको नयाँ प्रक्रिया र पहलकदमी अघि बढेको छ ।
५) यसको अर्को पक्ष दक्षिणपन्थी अवसरवाद अन्ततः नाङ्गो पुँजीवादमा पतन हुन्छ भन्ने मालेमावादी सच्याइ सरकारी अर्थात् डबल नेकपाको सामाजिक दलाल फासीवादमा पतनले ब्यवहारिक रूपमा पुष्टि भएको छ, भने समाजमा बर्ग रहँदासम्म बर्ग संघर्ष निरन्तर चलिरहन्छ भन्ने सत्य पनि हाम्रो पार्टीको नवीन कार्यदिशामा अघि बढेको संघर्षले स्थापित गरेको छ ।
६) विश्व कम्युनिस्ट आन्दोलनको अनुभव जहाँ क्रान्ति सम्पन्न भएका थिए । पार्टीको मूल नेतृत्वले क्रान्ति सम्पन्न गर्ने योगदान गरेका छन् भने नेपालमा सबै जस्तो मूल नेतृत्वले धोका दिने र सहायक नेतृत्वले क्रान्तिकारी आन्दोलनको पहलकदमी लिनु परेको अवस्था छ । त्यसमा पनि अन्तर्राष्ट्रिय अनुभवमा कम्युनिस्ट नेताहरू क्रान्तिका गद्दार त भए तर दलाल भएनन् तर नेपालमा त गद्दार र दलाल दुबै भए । यसले पनि हामीलाई नेपालमा एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा आवश्यक प¥यो र पार्टीको पुनस्र्थापनाले हामीलाई त्यो प्राप्त भयो ।
सही बिचारको सकारात्मक परिणाम–
१) हामीले कुनै पनि कामको थालनी गर्दा सफलता, चुनौती र अवसरलाई ध्यान दिनु पर्छ । हामीले पार्टी पुनस्र्थापना गर्दा पनि यही मान्यतालाई आत्मसात गरेका थियौँ । पार्टी निर्माण र परिचालनको मूलआधार भनेको बर्गीय धरातल र दर्शन हो । दर्शनको जगमा बिचारधारा, बिचारधाराको जगमा राजनीति, राजनीतिको जगमा पार्टी र पार्टीको जगमा आन्दोलन वा बर्ग संघर्ष अघि बढ्छ ।
२) हाम्रो पार्टीको दार्शनिक आधार भनेको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद हो । मार्गदर्शक सिद्धान्त भनेको मालेमावाद हो । कार्यदिशा भनेको एकीकृत जनक्रान्ति हो । पार्टी भनेको कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी हो । यसले गर्ने राजनीति भनेको जनमुखी कम्युनिस्ट राजनीति हो, जो जनताको जीवनशैलीसँग जोडिएको हुन्छ । यसको लक्ष्य बैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने हो ।
३) यसको संघर्षको स्वरूप बैधानिक र अबैधानिक दुबै हुन्छ । कार्यनीति रूपमा संघर्ष तत्काल सत्तामा रहेका दलाल सामाजिक फासीवादीसँग र दीर्घकालीन रूपमा दलाल पुँजीवादी शक्तिसँग यसको संघर्ष मुख्य भएर जान्छ । यसरी संघर्षलाई अगाडि बढाउँदा तत्काल जनताको जीवनस्तरमा ल्याउने सुधार र दीर्घकालमा हुने आमूल परिवर्तनलाई सँगै जोडर लिइएको छ ।
४) यसो गर्दा श्रमजीवि जनतालाई व्यवहार पढाए सिद्धान्तमा ल्याउने र बुद्धिजीवि तप्कालाई सिद्धान्त पढाएर ब्यबहारमा ल्याउने कार्यनीति पार्टीले अवलम्बन गरेको छ । श्रमजीविलाई बुद्धिजीवि र बुद्धिजीविलाई श्रमजीवि बनाउने तरिका नै समाजवादी हो । यसले पार्टी र पार्टीको बिचारलाई आमजनसमुदायसँग जोड्छ । पार्टीले लिएको यहीँ नीतिका कारण नै आज सिंगो जनताको विश्वास पार्टीप्रति बढेर गएको छ ।
५) पार्टीको यही दृष्टिकोणका आधारमा नै हामीले भनेका थियौँ कि पहिलो संविधानसभाको असफलता पछि देश पछाडि फर्कियो र प्रतिक्रान्ति भयो । आज देश र जनताले भोग्नु परेका यावत् समस्या भनेका दलाल पुँजीवादी संसदीय ब्यवस्थाले पैदा गरेका बिकारहरू हुन् । यो उपरिसंरचनाको पाटोबाट हेर्दा दलाल पुँजीवाद र सारतत्वको रूपबाट हेर्दा सुधारिएको सामन्तवाद जस्तो छ ।
६) राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पाटोबाट हेर्दा यो ब्यबस्था पूरै असफल भैसकेको छ । यसको असफलता भनेको यसको बिकल्प बैज्ञानिक समाजवाद हो । तर यसको असफलताको बिकल्प दिने समाजवादी शक्ति जाहेर नभए पुनः देश उल्टो दिशामा घुम्ने खतरा पनि रहन्छ । त्यसैले हाम्रो पार्टीले अहिले पुँजीवादी शिविरको समानान्तर समाजवादी शिविर खडा गरेको छ । यसले आमजनता र बौद्धिक बर्गलाई आशावादी बनाएको छ ।
७) हाम्रो कार्यदिशाले भनेबमोजिम केपी र प्रचण्डले नेतृत्व गरेको पार्टी कम्युनिस्ट होइन र यो सरकार पनि कम्युनिस्ट सरकार होइन भन्ने तथ्य पुष्टि भएको छ । अहिले नेपालमा कमरेड माओको भाषामा कम्युनिस्ट हुण्डरी चलेको छ । अर्थात् कम्युनिस्टको नाममा लुटपाट चलेको छ । बस्तुले चेतना पैदा गर्छ र चेतनाले बस्तुको अबस्था परिवर्तन गर्छ । अर्थात् ब्यवहारबाट ज्ञान र ज्ञानबाट फेरि ब्यबहारतिर जाने भौतिकवादी र द्वन्द्ववादी नीति र पद्धतिको ठीक उल्टो आज कथित नामधारी कम्युनिस्टहरू नवसामन्तको रूपमा धर्म–कर्ममा ब्यस्त भएका छन् । यो भनेको बिचार र राजनीतिमा मात्रै नभएर समग्र जीवनपद्धतिमा आएको प्रतिक्रान्ति हो । जो अहिले शासनशैलीमा अभिब्यक्त भएको छ ।
८) माथि उल्लेखित तथ्यहरूका आधारमा के कुरा साबित भैसकेको छ भने अहिलेको समकालीन राजनीतिमा हाम्रो पार्टी, यसको नेतृत्व र यसले अंगीकार गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा नै सर्वाधिक रूपमा ठीक छ । अब यसको बिकल्प शक्ति नेपालमा अर्को छैन । तसर्थ यसकै वरिपरि सम्पूर्ण क्रान्तिकारी शक्ति र ब्यक्तिहरू गोलबद्ध हुन अनिवार्य र अपरिहार्य भैसकेको छ ।
आगामि कार्यभार
पार्टी पुनस्र्थापनाको यो अबधिमा हामीले जसरी नयाँ बिचारसहितको जुझारु नेतृत्व दिन सक्यौं । जसरी सिंगो पार्टी पंक्तिलाई क्रान्ति उन्मुख बनायौँ । जसरी बिघटित र बिसर्जित अवस्थामा पुगेको पार्टीलाई संगठित र जुझारु बनायौँ । सिंगो देश र जनताको बीचमा एउटा बिकल्प दिन सफल भयौँ । क्रान्ति सम्भव छ र हुन्छ भन्ने ठाउँमा पु¥यायौँ । त्यसरी नै अब हामीले थप र नयाँ कार्यभारहरूलाई पनि पूरा गर्नुपर्ने छ । ती कार्यभारहरू भनेका यी हुन्–
१) प्रक्षेपण गरिएको कार्यदिशा अनुरूपको संगठन, संघर्ष र कार्यशैलीमा बिकास गर्नु पर्छ ।
२) सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकीकृत र ध्रुबीकृत गर्नु पर्छ ।
३) गाउँ र शहर, बौद्धिक र श्रमिकबीचको कामलाई ब्यवस्थित गर्नु पर्छ ।
४) बैज्ञानिक समाजवादको रूपरेखा जनताको बीचमा प्रस्तुत गर्नु पर्छ ।
५) संगठन सुदृढीकरण र बिस्तार तथा जनजागरण अभियानलाई निरन्तरतामा लिनु पर्छ ।
६) बैज्ञानिक समाजवादका बारेमा सबै पक्षसँग व्यापक बहस संचालन गर्नु पर्छ ।
७) राज्यका गलत नीति एवं कार्यक्रमका बारेमा व्यापक भण्डाफोर अभियान संचालन गर्नु पर्छ
८) पार्टीका सम्पूर्ण संयन्त्रको प्रयोग गरी जनतालाई न्याय, बिकास, सेवा र सुरक्षा प्रदान गर्नु पर्छ ।
९) समाज र राज्यमा ब्याप्त बिक्री, बिसंगति, भ्रष्टाचार, कालोबजारी, महँगी र दलालीकरणका बिरुद्ध व्यापक जनकारबाहीलाई अगाडि बढाउनु पर्छ ।
१०) राष्ट्रियताको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउनु पर्छ । जनताको दैनिक जीवनसंग जोडिएका सवालहरूलाई प्राथमिकतामा राखी कामलाई अगाडि बढाउनु पर्छ ।
उल्लेखित कार्यक्रमिक कार्यभारहरूसहित सारमा आमजनसमुदायलाई संकटको मूल कारण भनेको दलाल पुँजीवादी संसदीय ब्यवस्था नै भएकोले यसको समाधान पनि यसको समुल नष्ट गरी यसको सट्टामा बैज्ञानिक समाजवाद स्थापना गर्नु नै हो भन्ने कुरा बोध गराउनु हाम्रो मुख्य दायित्व भएको छ । क्रान्तिका लागि बस्तुगत अबस्था ज्यादै अनुकूल छ तर यसमा क्रान्तिकारी शक्तिहरू मजबुत र तयार हुन जरुरी छ । हाम्रो पार्टी यसको लागि तयार छ । पार्टी पुनस्र्थापना दिवसको सन्दर्भमा यसप्रति सबैको ध्यान जाओस् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु