‘पार्टी कार्यालयमा आक्रमण गर्ने समूहलाई कारवार्ही नगरे प्रतिकार ‘

२०७३ मंसिर १७ गते, शुक्रबार

काठमाडौं, १७ मंसिर । नेकपा (माओवादी) रुपन्देहीका जिल्ला सेक्रेटरी सरद ओलीले आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणमा संलग्नहरुलाई कारवाही नगरी पुर्न त्यस्तो खालको प्रयास गरेमा जवाफि प्रतिकार गर्ने जनाएका छन । बुटबलमा भएको आन्दोलनका क्रममा बिहिबार साँझ माओबादीको पार्टी कार्यलयमा आक्रमणको प्रयास गरिएको थियो । आन्दोलनकारीले माओबादीको बुटवल स्थित पार्टी कार्यालयमा ढुङगा हानेपछि कार्यालयमा सामान्य क्षेति भएको बताइएको छ । यस बिषयमा सेक्रेटरी सरद ओलीले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी कार्यालयमा करिब २०० जनाको संख्यामा आएका अराजक समूहले ढुङगामुढा प्रहार गरेको र तथानाम बोलेको भन्दै पार्टीको गम्भिर ध्यानर्कषण भएको जनाएका छन । सेक्रेटरी ओलीले भने–‘हामीले संसदीय व्यावस्थाको विरोध गरेका छौ । त्यसको खारेजीको कुरा गरेका छौ । देशको क्रान्तिकारी पार्टी माथि गरीएको यो आक्रमणको हामी निन्दा गर्दछौ । राज्यले अराजक समूहको पहिचान गरि कारवाही नगरे त्यसको जवाफ मंहगो हुन सक्छ ।’
सेक्रेटरी ओलीले भने–‘ एमालेको बहुमत रहेका आन्दोलनकारीले माओबादीको कार्यलय तोडफोड गरेर ठुलो गल्ति गरे । मलाई लाग्छ यो सिंगो कम्यूष्ट आन्दोलन माथिको आक्रमण हो । यसलाई सम्बन्धित जिम्मेवार राजनीतिक दल र निकायहरुले सच्चाउन जरुरी छ । एकिकृत कान्तिको तयारीमा रहेको पार्टी माथी आक्रमणको प्रयास गर्दाको चर्को मूल्य तिराउन हामीलाई बाध्य नपारियोस ।’
सेक्रेटरी ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘माओबादीले द्रोसो सबिधान सभाको निबार्चन देखि कथित सबिधान निमार्ण प्रकियामा हाम्रो बिमति छ हामिलाई कथित सबिधान सँसोँधन गर्नु र नर्गनु सगँ कुनै तुक छैन हामि यो देश एउटा जिम्मेबार क्रान्तिकारी शक्ति हौ जुन पार्टीले सँसदिय ब्यबस्था मान्दैनौ भनेर सर्घष चर्काएका छौ सो पार्टीलाई यो कथित सबिधान बारे न कुन बिश्वाश छ न त जनताको अधिकार सुनिश्चितका सबाल छ । यो परिबेशमा हाम्रो पार्टी कार्यलयमा तोडफोट गरिएको छ साथै शहिद गेट भत्काईएको छ ,यो प्रति हामि हदै सम्म गम्भिर छौ ।’
माओबादीले भनेको छ–योजनाबद्ध ढगँले जिम्मेवार साथिहरुको उक्साहाटमा तोडफोड गरिएको छ,यो ख्याल राखे हुन्छ हामि आबश्यक परे बन्दुक बोकेर सर्घषमा होमिन हिडेका हौ आन्दोलनका नाममा कसैका पार्टी कार्यलय तोडफोड गरेका छैनौ । तर हिजो हाम्रो कार्यलय तोडफोड गरियो यसको हिसाब एक एक चुक्ता हुन्छ ।
फेसबुकमा तोडफोड गर्ने एमाले हुन सक्दैन भनेर स्टाटस लेख्ने एमाले नेता रबिन्द्र अधिकारी, रुपन्देहीका सिद्दिचरण भट्टराई, अखिल नेता बालकृष्ण पाण्डेलाई प्रमाण देखाउन सक्ने अाेलीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु