पानी नपाएकाे झाेकमा छुरा प्रहार !

२०७६ असार ४ गते, बुधबार

काठमाडौं,४ असार । भारतकाे छैटौँ ठूलो शहर चेन्नाईमा पानीकाे हाहाकार भएकाे छ । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पछिल्ला केही हप्तादेखि पानीको चरम अभाव उत्पन्न भएको हाे । पानीकाे हाहाकार भएपछि शहरका धेरै होटल र रेष्टुराँ अस्थायी रूपमा बन्द गरिएको छ । पानी जोगाउनका लागि रेल स्टेशनहरूलाई वातानुकूलित बनाउन बन्द गरिएको छ भने कार्यालयहरूले कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेका छन्।
पानीकाे हाहाकार भएपछि अहिले सरकारले ट्याङ्करबाट पानी बाड्न थालेकाे छ । सरकारले बाडेकाे पानी थाप्नका लागि सर्वसाधारण घण्टौँसम्म लाइन लाग्नुपर्ने अवस्था छ। पानी अभावका कारण स्थानीयवासीबीच झगडा समेत भएका छन्। गत हप्ता पानी बाँडफाँटको विषयमा झगडा हुँदा एक जनाले आफ्नै छिमेकीलाई छुरी प्रहार समेत गरेकाे थियाे । अभाव बढ्दै गएपछि शहरमा तात्कालिक समाधानका अधिकारीहरू पानीको वैकल्पिक स्रोत पत्ता लगाउन जुटेका छन् । नयाँ ठाउँहरूमा जमिन खन्ने काम भइरहेको छ। तर सुक्खा जलाशय क्षेत्र र जमिनमा पानीको घट्दो तह ठूलो चिन्ताको विषय बनेको छ। अधिकारीहरूले अब वर्षाले मात्रै चेन्नाईलाई बचनउन सक्ने बतउछन् । “चेन्नाईलाई यो अवस्थाबाट अब वर्षाले मात्रै बचाउन सक्छ,” एक अधिकारीले भने।-एजेन्सी

प्रतिक्रियाहरु