पानीबाट चल्ने गाडी !

२०७१ मंसिर २७ गते, शनिबार

काठमाडौं । वैज्ञानिकहरूको एक टोली पानी र सूर्यको प्रकासबाट इन्धन बनाउने कामको निकै नजिक पुगिसकेका छन । यसका लागी उनीहरूले प्रकाश संश्लेषणको प्रक्रियामा एक महत्वपूर्ण कदमलाइ थपेका छन । अस्ट्रेलियन नेशनल यूनिभर्सिटी रिसर्च स्कूल अफ बायोलोजीको एआरसी सेन्टर अफ एक्सीलेन्स फर ट्रान्स्लेशनल फोटोसिन्थेसिसका वैज्ञानिकले बताए अनुसार पृथ्वीमा पानी प्रचुर मात्रामा छ र सूर्यको प्रकास पनि निर्वाध रूपमा प्राप्त हुन्छ ।पानी र घामको प्रयोगबाट सस्तो तथा सुरक्ष‍ित तरीकाबाट हाइड्रोजन बनाउने कुराले हामी सबैलाइ रोमान्चित गर्दछ । पेट्रोलियम पदार्थको विकल्पका रूपमा हाइड्रोजन निकै सुरक्ष‍ित र कार्बन रहित ईन्धन हुन्छ । यति मात्र हैन पहिले देखिनै यसलाइ स्पेसक्राफ्ट लन्च गर्नका लागी प्रयोगमा पनि ल्याइसककिएको छ ।
यद्दपी अहिले सम्म सूर्यको प्रकाशमा रूखहरूद्वारा पानीबाट हाइड्रोजन निकाल्ने प्रक्रिया भने निकै कम भएको थियो । यस टिमले एक बिशेष किसिमको प्रोटीन बनाएको छ, जसले प्रकाशको सम्पर्कमा आएपछि एक बिशेष इलेक्ट्रि‍कल हर्टबीट देखाउँदछ, जुन प्रकाश संश्लेषणको प्रक्रियामा आवश्यक हुन्छ । वैज्ञानिकका अनुसार यो प्रविधि यति सजिलो र सस्तो हुनेछ कि विकासशील देशहरूले पनि यसलाइ प्रयोग गर्न सक्नेछन ।
साथै सिस्टमले आफसेआफ प्राकृतिक रूपमा आइरहेको प्रोटीनको प्रयोग गर्नेछ र यसलाइ स्टोर गर्नका लागी महंगा खालका ब्याट्रीहरू वा स्टोरेजको आवश्यकता पनि पर्दैन । यस रिसर्चले हाइड्रोजनको रूपमा सस्तो र सफा ईन्धनको नयाँ स्रोतको नयाँ बाटो खोल्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार